तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स छापियो ? अब नागरिक एपमै हेर्न सकिने

काठमाडौँ - सवारी चालक अनुमतिपत्र अर्थात क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स छापिए वा नछापिएको जानकारी अब नागरिक एपमार्फत हेर्न सकिने भएको छ । हालै नयाँ प्रणाली अनुसार लाइसेन्स छापिन प्रारम्भ भए पश्चात नागरिक एपको नयाँ अपडेट भर्सनमा सो जानकारी उपलब्ध हुन थालेको हो ।

हाल नागरिक एपको नयाँ अपडेट भर्सन अर्थात भर्सन २.०.९५ आएको छ । नागरिक एप खोल्दा सो नयाँ एप भर्सनमा अपडेट भए पश्चात यसलाई खोल्दा यदि लाइसेन्स छापिएको छ भने “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सूचना स्क्रिनमा देखिन्छ ।

कार्ड नछापिएको अवस्थामा भने कुनै पनि सूचना देखिँदैन । हाल यो फिचर एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । आईओएसमा पनि छिट्टै आउने बताइएको छ ।

सुरक्षण मुद्रण केन्द्रले छापेका लाइसेन्सहरू यातायात व्यवस्था विभागले वितरणका लागि सम्बन्धित कार्यालयहरूमा पठाउन थालेसँगै नागरिक एपमा यो सुविधा उपलब्ध भएको हो ।

नागरिक एपमा कार्ड छापिएको सूचना प्राप्त गरेपछि सेवाग्राही लाइसेन्स संकलन गर्न स्वयं यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ । कार्यालयमा जाँदा नयाँ लाइसेन्स लिने सेवाग्राहीले राजस्व भुक्तानी गरेको सक्कल रसिद अनिवार्य रूपमा बुझाउनुपर्नेछ । यसैगरी, लाइसेन्स नवीकरण गरेकाहरूको हकमा भने नयाँ कार्ड लिन जाँदा पुरानो लाइसेन्स कार्ड अनिवार्य रूपमा साथमै लिएर जानुपर्ने व्यवस्था छ ।

विभाग र सुरक्षण मुद्रण केन्द्रबिच गत १२ कात्तिक २०८२ मा भएको सम्झौताअनुसार १२ लाख क्यूआर कोडमा आधारित लाइसेन्सको छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ । ३० चैतसम्ममा तीमध्ये छ लाख ७० हजार कार्ड सम्बन्धित कार्यालयमा पठाइएको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा...

नेपालमा उबरको सेवा सुरु, राइड–सेयरिङ बजारमा नयाँ प्रतिस्पर्धा

नेपालमा उबरको सेवा सुरु, राइड–सेयरिङ बजारमा नयाँ प्रतिस्पर्धा

विश्व चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले नेपाली बजारमा आफ्नो सेवा...

५० वर्षपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

५० वर्षपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...