चोरी भएको आफ्नै कार फेरि किनेर चकित भए बेलायतका युवक
बेलायतको वेस्ट मिडल्याण्ड्सस्थित सोलिहुलमा एउटा अचम्मलाग्दो घटना...
आर्थिक वर्ष २०२६ को भारतको मोटरसाइकल बजारको बिक्री तथ्याङ्क सार्वजनिक भएको छ । तथ्याङ्कअनुसार युवा पुस्तामाझ स्पोर्ट्स र लाइफस्टाइल बाइकको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ ।
यस वर्ष सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकलको सूचीमा हिरो स्प्लेन्डर पहिलो स्थानमा रह्यो । यो वर्ष हिरोले कुल ३७ लाख २७ हजार ७३९ युनिट स्प्लेन्डर बिक्री गर्दै आफ्नो वर्चस्व कायम राख्न सफल भयो। यसको टिकाउपन र उत्कृष्ट माइलेजका कारण सो बाइक सर्वाधिक विश्वासिलो विकल्प बनेको छ।
दोस्रो स्थानमा होन्डा शाइन रहयो, जसको १९ लाख ८७ हजार ४६६ युनिट बिक्री भएको छ। त्यस्तै बजाज पल्सर १३ लाख ९९ हजार ४९१ युनिट बिक्रीका साथमा तेस्रो स्थानमा रहयो ।
चौथो स्थानमा हिरो एचएफ डिलक्स रह्ये, जसको १० लाख १२ हजार १९९ युनिट बिक्री भएको छ। किफायती मूल्य र राम्रो माइलेजका कारण यो ग्रामीण तथा दैनिक प्रयोगकर्ताको रोजाइमा परेको छ। पाँचौं स्थानमा टीभीएस अपाचे रहयो, जसले ५ लाख ७१ हजार ३७६ युनिट बिक्री गरेको छ।
छैटौं स्थानमा टीभीएस रेडर ४ लाख २६ हजार ८७७ युनिट बिक्री भएको छ । आधुनिक फिचर र स्टाइलिश डिजाइनका कारण यो छिट्टै लोकप्रिय भएको छ । सातौं स्थानमा रोयल इन्फिल्ड क्लासिक ३५० रहयो, जसको ४ लाख १० हजार ३४७ युनिट बिक्री भएको छ ।
आठौं स्थानमा बजाज प्लाटिना रहयो, जसको ४ लाख ७ हजार ४५१ युनिट बिक्री भएको छ। उत्कृष्ट माइलेज र कम मर्मत खर्चका कारण यो दैनिक प्रयोगका लागि लोकप्रिय रहेको छ। नवौं स्थानमा रोयल इन्फिल्ड बुलेट ३५० रहेको छ भने दशौं स्थानमा हिरो प्यासन रहेको छ, जसको २ लाख ४८ हजार ६२१ युनिट बिक्री भएको छ।
बेलायतको वेस्ट मिडल्याण्ड्सस्थित सोलिहुलमा एउटा अचम्मलाग्दो घटना...
हिउँदमा कम भिजिबिलिटी कुहिरो, हिउँ पर्ने अवस्था र चिप्लो सडकको कारण हिउँमा...
अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...