प्युजो ई–लुडिक्सको ब्रान्ड एम्बेसडर बने टेनिस सुपरस्टार नोभाक जोकोभिक
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ मिडसाइज इलेक्ट्रिक एसयूभी एमजी एस६ सार्वजनिक गर्ने भएको छ ।
पारामाउन्ट मोटर्सले आगामी एक महिनाभित्रै नेपाली बजारमा यो नयाँ मोडल सार्वजनिक गर्ने बताएको छ । नेपालभर रहेका एमजीका सबै १४ शोरुममार्फत नयाँ ईभीको बुकिङदेखि बिक्री समेत प्रारम्भ हुने कम्पनीको भनाइ छ ।
गत वर्षदेखि बजारमा उपलब्ध एमजी एस५ को सफलतापछि कम्पनीले त्यो भन्दा ठूलो साइज, बढी पावर र आधुनिक प्रविधिसहितको नयाँ ईभी ल्याउन लागेको हो । बजारमा उपलब्ध विभिन्न ईभीका सफल मोडलमा एमजीले छुट्टै प्रभाव पार्दैछ । अझ यो नयाँ ईभीमा भएको प्रविधि, डिजाइन र उत्कृष्ट रेन्जका कारण नेपाली ग्राहकका लागि एक आकर्षक विकल्प बन्न सक्ने अनुमान गरिएको छ ।
विशेषगरी प्रिमियम फिचर र लामो दूरीको यात्रा तय गर्न चाहने ग्राहकलाई लक्षित गरी यो गाडी बजारमा ल्याउने तयारी भएको एमजीका मार्केटिङ प्रमुख सन्दीप शर्माले जानकारी दिए । पारिवारिक आवश्यकता र आधुनिक प्रविधिलाई प्राथमिकता दिएर डिजाइन गरिएको यो एसयूभीले नेपाली बजारमा निकै प्रतिस्पर्धात्मक बन्दै गएको इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।
एमजी एस६ मा १८० किलोवाटको मोेटर र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । जसले १४४ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसले एक पटकको फुल चार्जमा करीब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ, जुन उक्त किलोमिटरमा डब्लुएलटीपी वर्ल्डवाइड हार्मोनाइज्ड लाइट–ड्युटी भेइकल्स टेस्ट प्रोसेड्युएर भेरिफाइड रहेको कम्पनीले जनाएको छ ।
‘यो ईभीको भित्री फिचरलाई निकै आरामदायी बनाइएको छ । यसमा अगाडिको सिटहरूमा हिटेड र भेन्टिलेटेड दुवै सुबिधा उपलब्ध छ भने पछाडिको सिटमा समेत हिटेड सुबिधा दिइएको छ,’ शर्माले भने । अघिल्ला मोडलहरूको तुलनामा यो गाडीमा धेरै प्राविधिक सुधारहरू भएका छन् ।
आकर्षक डिजाइनका साथ एमजी एस६ ईभीका मुख्य विशेषताहरू
उक्त ईभी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ । जसमा चर्चित एमजी४ ईभी पनि निर्माण गरिएको छ । कम्पनीकाअनुसार यसको डिजाइन निकै तीखो र आक्रामक देखिन्छ, जसमा एमजीको साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फेसिया प्रयोग गरिएको छ । गाडीको पछाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार दिइएको छ ।
यो गाडीको इन्टेरियरमा प्रविधि र सुविधाको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जडान गरिएको छ । आधुनिक टच इन्टरफेसका बीचमा पनि मुख्य कार्यहरूका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखिएको छ, जसले ड्राइभिङका क्रममा सहजता प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार व्यावहारिकताको हिसाबले यसमा ६७४ लिटरको बुट स्पेस छ । जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ । साथै, चार्जिङ केबल वा साना सामान राख्नका लागि अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ । सुरक्षाका दृष्टिकोणले एमजीको यस गाडीले फाइभ स्टार युरो एनक्याप रेटिङ प्राप्त गरेको छ ।
यस बाहेकका सुविधाहरूमा यो ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ । ११ स्पिकर अडियो सिस्टम र प्यानोरामिक सनरुफ छन् । साथै, युट्युब जस्ता इन–बिल्ट स्ट्रिमिङ एपहरू र वायरलेस चार्जिङ सुविधा छन् ।
नेपालमा एमजी एस६ को आगमन पश्चात पहिले नै बजारमा रहेका बीवाईडी सिलायन ७, दिपल एस ०७ र लिपमोटर सी१० जस्ता गाडीहरूसँग कडा प्रतिस्पर्धा गर्नेछ ।
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले लोकप्रिय...
चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...