चैत महिना सम्म ईभी आयातमा १० प्रतिशत कमी, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा छलाङ

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अर्थात चैत मसान्तसम्ममा नेपालमा १६ अर्ब ६५ करोड ७५ लाख ८२ हजार रुपैयाँ बराबरको ७ हजार १ सय ७१ थान विद्युतीय चारपांग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको हो।

यो अवधिमा ५० किलोवाट सम्मका २,५०६ ईभी, ५१ देखि १०० किलोवाट सम्मका ४,०८३ र १०१ देखि २०० किलोवाट सम्मका ५७४ ईभी भित्रिएका छन् । यो अवधिमा २०१ किलोवाट भन्दा माथिका ८ युनिट ईभी भित्रिएका छन् । यस अनुसार चालु आर्थिक वर्षको ९ महिना सम्म समग्रमा ७, १७१ ईभी भित्रिएका छन् ।

यो अवधिमा चीनबाट ५० किलोवाट सम्मका १ हजार ४२०, ५१ देखि १०० किलोवाट सम्मका २ हजार ९२६ र १०१ देखि २०० किलोवाट सम्मका ५१५ ईभी भित्रिएका छन् भने २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी भित्रिएका छन् ।

त्यसैगरी भारतबाट ५० किलोवाट सम्मका १ हजार ८६, ५१ देखि १०० किलोवाट सम्मका ७१६ र १०१ देखि २०० किलोवाट सम्मका ३५ ईभी भित्रिएका छन् ।

यसैगरी थाइल्यान्डबाट ५१ देखि १०० किलोवाट सम्मका ४४० युनिट र बेलयातबाट १ युनिट भित्रिएको छ भने १०१ देखि २०० किलोवाट सम्मका जर्मनीबाट १० युनिट, दक्षिण कोरियाबाट ४ युनिट र अमेरिकाबाट १० युनिट भित्रिएका छन् ।

२०१ देखि ३०० किलोवाट सम्मका अष्ट्रियबाट १ युनिट र अमेरिकाबाट २ युनिट भित्रिएका छन् ।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। उक्त परिमाणको आयातमार्फत् सरकारले १० अर्ब ११ करोड ५४ लाख ६७ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

गत वर्षको तुलनामा यो अवधिमा ईभीको आयातमा कमी आएको छ । गत वर्षको यही अवधिमा ७ हजार ९६७ ईभी आयात भएका थिए । यस अनुसार समग्रमा ९.९७ प्रतिशत गिरावट आएको हो ।

चालु आर्थिक वर्षमा ईभी आयात घट्दा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातले भने छलाङ हानेको छ । यो अवधिमा ४ हजार १४० युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कुल २ हजार ७४२ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको थियो ।

सम्बन्धित समाचारहरू

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

सेरेस ३ बन्यो ४६६० मिटर उचाईको कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी

काठमाडौं – मानवीय संवेग र अटोमोबाइल प्रविधिको सीमालाई थप विस्तार गर्दै...

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम...

दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

दिपल ईभी पोखरामा हिमालय अर्गनाइजेशनले बिक्री गर्ने

नेपाली बजारमा निकै लोकप्रिय बनेको ईभी ब्रान्ड दिपललाई पोखरामा हिमयल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...