प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप गरेको छ । सो नयाँ क्रसओभरर प्लग–इन हाइब्रिड डीएम–आई र प्याेर इलेक्ट्रिक दुबै पावरट्रेनमा आएको हो ।

दुबै मोडलमा क्लोज्ड फ्रन्ट इन्ड, स्लिम हेडलाइट र सेमी हिडन डोर ह्यान्डल लगायत विशेषता पाउन सकिन्छ। यो कार बीवाईडी एट्टो३ भन्दा १६५ मिलिमिटर लामो छ । यस एसयूभीमा बीवाईडीले लिडारमा आधारित डी पाइलट ३०० एडास, ७ वटा एयर ब्याग र एउटा फ्रिज उपलब्ध गराएको छ ।

दुबै भेरिएन्टमा डी पाइलट १००(गड्स आई सी) असिस्टेड ड्राइभिङ सिस्टम उपलब्ध गराइएको छ । कारमा निरन्तर ड्याम्पिङ सिस्टमका साथ डीसस–सी सस्पेन्सन समेत दिइएको छ ।

दुबै कारको इन्टेरियरमा १२.८ इन्च टचस्क्रिन, स्टेयरिङ ह्विल पछाडि ८.८–इन्च एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, फिजिकल बटनहरुको छुट्टै ब्लक, कप होल्डरहरु, सेन्ट्रल कन्सोलमा रेफ्रिजेरेटर राख्न पर्याप्त स्पेस दिइएको छ ।

पावरट्रेनको कुरा गर्नुपदा सिलायन डीएम–आई प्लग–इन–हाइब्रिडमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिनका साथ पाँचौं पुस्ताको डीएम प्रविधि उपलब्ध गराइएको छ । यस भेरिएन्टमा बीवाईडीले १२० किलोवाट क्षमताको मोटरसहित २६.६३ किलोवाट आवर तथा ३४.२७ किलोवाट आवर क्षमताको ब्याट्री बिकल्प दिएको छ ।

यसको इलेक्ट्रिक रेन्ज २२० र ३०५ किलोमिटर दाबी गरिएको छ । कारमा ६५ लिटर क्षमताको फ्युल ट्यांक राखिएको छ, जसमा ३.१ लिटर पेट्रोल भर्दा १०० किलोमिटर माइलेज पाउन सकिन्छ । एसयूभीको सुरुवाती मूल्य १४ हजार ३६० डलर निर्धारण गरिएको छ ।

त्यसैगरी, सिलायन ०५ को इलेक्ट्रिक भर्सन इन्ट्री र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसमा इन्ट्री लेभल भेरिएन्टमा ६७.५४ किलोवाट आवरको ब्याट्री प्याक र रियर एक्सलमा २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस भेरिएन्टले ५४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सिलायन ०५ को महंगो भेरिएन्टमा ६८.५४ किलोवाट आवरको ब्याट्री प्याक तथा २४० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस भेरिएन्टले सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । इलेक्ट्रिक भेरिएन्टको सुरुवाती मूल्य १ लाख १९ हजार ९०० युआन निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले...

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

नेपालमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार : बीवाईडी अल न्यु ई६

काठमाडौं – नेपालमा उपलब्धहरु इलेक्ट्रिक कार मध्ये सबैभन्दा धेरै रेन्ज...

विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी, ६ महिनामा बेच्यो साढे १२ लाख गाडी

विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी, ६ महिनामा बेच्यो साढे १२ लाख गाडी

चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...