मध्यपूर्व द्वन्द्वको फाइदा चिनियाँ एनईभीलाई, जिलीको निर्यातमा ४७९ प्रतिशतले उछाल

मध्यपूर्ब द्वन्द्वले चिनियाँ ईभीको माग ह्वात्तै बढाएको छ । मार्चमा मात्रै चीनको न्यु इनर्जी भेइकल (एनईभी) निर्यात ३ लाख ४९ हजार युनिट पुगेको चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए)ले बताएको छ । जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३९.९ ले बढी हो ।

हर्मुजको जलडमरूममा आपूर्ति अवरोधको बीचमा यो वृद्धि भएको हो, जसले धेरै क्षेत्रहरूमा इन्धनको मूल्य बढाएको छ । मध्यपूर्व द्वन्द्वले यदि सबैभन्दा बढी फाइदा कसैलाई दिएको छ भने ती चिनियाँ अटोमेकर हुन् ।

बीवाईडीले मार्चमा विदेशमा १ लाख २० हजार एनईभी बिक्री गरेर ६५.२ प्रतिशत बृद्धि हासिल गरेको छ । त्यसैगरी अर्को चिनियाँ अटो जायन्ट जिलीको निर्यात १२० प्रतिशतले बढेर ८१ हजार युनिट पुगेको छ । जसमध्ये ५१ हजार एनईभी छन् । जिलीले गत वर्षको सोही अवधिको तुलनमा आफ्नो एनईभी निर्यात ४७९ प्रतिशतले बृद्धि गरेको छ । उदीयमान एनईभी ब्रान्ड लिपमोटर र जीएसी एवोनले पनि उल्लेख्य बृद्धि हासिल गरेका छन् ।

द्वन्द्वको प्रभाव स्वरुप अष्ट्रेलियामा, चिनियाँ ब्रान्डको विस्तार द्रुत गतिमा भइरहेको छ । चिनियाँ ब्रान्डले २५ प्रतिशत बजार हिस्सा हासिल गरेर अष्ट्रेलियमा जापानी अटोमेकरहरूको २८ वर्षको प्रभुत्व समाप्त गरेको छ ।

मिडिया रिपोर्टका अनुसार इन्धन मूल्य वृद्धि पछि अष्ट्रेलियमा एनईभीमा ग्राहको रुचि ५० प्रतिशतले बृद्धि भएको छ । बढ्दो इन्धन मूल्यले अष्ट्रेलिया र न्यूजिल्याण्ड जस्ता बजारहरूमा उपभोक्ता व्यवहारमा प्रत्यक्ष प्रभाव पारेको हो ।

सीपीसीएको तथ्याङ्क अनुसार, चीनले मार्च २०२६ मा ६ लाख ९५ हजार युनिट सवारीसाधन निर्यात गरेका छ । जसमा एनईभीले कुल निर्यातको लगभग ५० प्रतिशत हिस्सा लिएका छन् । वार्षिक वृद्धिले समग्र निर्यात वृद्धिलाई उल्लेखनीय रूपमा उछिनेको छ, जसले चीनको आउटबाउन्ड अटो ढुवानीको संरचनामा द्रुत परिवर्तनलाई संकेत गर्दछ ।

सम्बन्धित समाचारहरू

३० प्रतिशत बढ्यो दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग

३० प्रतिशत बढ्यो दक्षिण अफ्रिकामा चिनियाँ गाडीहरुको माग

दक्षिण अफ्रिकाका सवारी साधन मालिकहरू विलासी कारहरू छाडेर किफायती सवारी...

पोखरामा पनि लन्च भयो ओमोडा ई५ प्रो, यस्ता छन् विशेष प्रारम्भिक अफर

पोखरामा पनि लन्च भयो ओमोडा ई५ प्रो, यस्ता छन् विशेष प्रारम्भिक अफर

पोखरा – गण्डकी प्रदेशका लागि ओमोडा जेइको तथा आईकार सवारी साधनहरूको...

पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल, सेरेस र नामी खरिदमा अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र बेजोड ‘एक्सचेन्ज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...