यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने
काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान...
भारतमा हेल्मेट र सवारी सुरक्षासम्बन्धी उपकरण उत्पादन तथा बिक्री गर्ने अग्रणी कम्पनी स्टीलबर्ड हाईटेक इन्डिया लिमिटेडको रक्स हेल्मेटले उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीका अनुसार रक्स सिरिजले भारतमा १ करोड युनिट बिक्रीको आँकडा पार गरेको छ । सो हेल्मेट शहर मात्र होइन, गाउँसम्म व्यापक रूपमा लोकप्रिय बनेको छ ।
रक्स हेल्मेटको मुख्य आकर्षण यसको किफायती मूल्य हो। केवल ९६९ भारुको सुरुवाती मूल्यमा उपलब्ध सो हेल्मेटले गुणस्तरीय सुरक्षा सहज रूपमा सर्वसाधारणसम्म पुर्याएको छ। आईएसआई प्रमाणित भएकाले यसले सुरक्षा मापदण्ड पनि पूरा गर्छ। उच्च प्रभाव सहन सक्ने एबीएस सामग्रीबाट बनेको बाहिरी भाग, इफेक्टिभ भेन्टिलेशन सिस्टम र मल्टी-डेन्सिटी इपिएस प्रयोगले यसलाई थप सुरक्षित बनाएको छ। साथै, हलुका तौल, स्क्र्याच प्रतिरोधी भाइजर, आकर्षक डिजाइन र विभिन्न साइज विकल्पहरूले राइडरहरूलाई सहजता र स्टाइल दुवै प्रदान गरेका छन्।
विभिन्न रङ र भेरिएन्टमा उपलब्ध यी हेल्मेटहरू अहिले भारतभर लोकप्रिय बनेका छन्, विशेष गरी दुई पाङ्ग्रे सवारी साधनको बढ्दो प्रयोगसँगै यसको माग अझै बढिरहेको छ।
कम्पनीका प्रबन्ध निर्देशक राजीव कपुरले यस उपलब्धिलाई केवल व्यापारिक सफलता मात्र नभई लाखौं सवारहरूको विश्वासको प्रतिफल भएको बताएका छन्। उनका अनुसार कम्पनीको लक्ष्य सधैं गुणस्तरीय र सुरक्षित हेल्मेट उत्पादन गर्नु रहेको छ, र यो उपलब्धिले आगामी दिनमा थप नवीनता र विस्तारतर्फ प्रेरित गर्नेछ।
काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान...
सडक दुर्घटनामा हजारौं मानिसको मृत्यु हुने गरेको छ, जसमा दुई पाङ्ग्रे सवारी...
काठमाडौं–मोटरसाइकल, स्कुटर प्रयोगकर्ता वा निर्माण क्षेत्रमा काम गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...