अपडेट भएर आयो यामाहा फेसिनो १२५, मूल्य कति ?

यामाहको स्टायलिस स्कुटर फसिनो १२५ अपडेट भएर आएको छ । पहिलेभन्दा थप आकर्षक लुक्समा आएको फेसिनो १२५ एफआई हाइब्रिडको सुरुवाती मूल्य ७६ हजार ५०० भारु निर्धारण गरिएको छ । स्कुटर तीन भेरिएन्टमा उपलब्ध छ ।

२०२६ फेसिनो १२५ एफआई हाइब्रिडमा पुनः डिजाइन गरिएको टेललाइट र टर्न सिग्नल तथा फ्रेस डेकल्सका साथ स्कल्प्टेड टेल सेक्सन उपलब्ध गराइएको छ । स्कुटरको समग्र लम्बाइ १ हजार ९२० मिमीबाट १ हजार ७८० मिमीमा झारिएको छ ।

सो नयाँ स्कुटरमा पहिलेकै १२५ सीसी, एयर–कूल्ड इन्जिन जडान गरिएको छ, जुन स्मार्ट मोटर जेनेरेटर (एसएमजी) सँग जोडिएको छ । यसले ६,५०० आरपीएममा ८.०८ बीएचपी र ५,००० आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्दछ ।

फेसिनोमा साइलेन्ट स्टार्ट, स्टार्ट÷स्टप सिस्टम, इनहान्स्ड पावर असिस्ट र टर्न–बाई–टर्न नेभिगेसन तथा आन्सर ब्याक फंक्सन सहितको रंगीन टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल जस्ता सुविधाहरु उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

रियल राइड, रियल स्टोरिजका लागि यामाहाको #KeepingItReal अभियान

रियल राइड, रियल स्टोरिजका लागि यामाहाको #KeepingItReal अभियान

चलेको ट्रेन्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा...

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कमब्याक गर्दै यामाहा आरएक्स१०० : तर कहिले ?

कुनै समयमा लोकप्रिय रहेको बाइक आरएक्स१०० यामाहाले फेरि बजारमा ल्याउने...

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

महिलामाझ स्कुटरको बढ्दो आकर्षण, हलुका तौल र राम्रो माइलेजका कारण यी मोडल लोकप्रिय

स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...