केन्द्रीय सरकारको व्यवस्थापन अन्तर्गत आयो चांगन अटोमोबाइल, पुँजी २.७५ अर्ब डलर
चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन...
काठमाडौं–दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा पहिलो स्थान हासिल गरेको छ । एस०५ ले जेडी पावर एनईभी इनिसियल क्वालिटी स्टडीमा अग्र स्थान हासिल गरेको हो ।
चीनको तीव्र गतिमा विस्तार भइरहेको बजारमा उपलब्ध इभीको गुणस्तरीयता जाँच गर्ने मामिलामा जेडी पावर सबैभन्दा आधिकारिक मापदण्ड मानिन्छ ।
करिब एक वर्षअघि सार्वजनिक भएर ७० भन्दा बढी मुलुकमा करिब दुई लाख युनिट विक्री भइसकेको दिपल एस०५ चीनबाट निर्यात हुनेमध्ये सबैभन्दा सफल ईभी हो । नेपाली बजारमा लोभ लाग्दो सफलता हासिल गरिरहेको एस०५ ले प्राप्त गरेको यो उपलब्धीले दिपल प्रतिको विश्वसनीयतालाई अझै उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
४.६२ मिटर लामो र २.८८ मिटर ह्विल भएको एस०५ प्युअर ब्याट्री इलेक्ट्रिक र (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (आरईईभी) मा उपलब्ध छ । नेपालमा यो एसयुभी ९९ किलोवाट मोटर, ५६.१ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीमा उपलब्ध छ जसले ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ ।
जेडी पावरको एनईभी आईक्युएस चिनियाँ अटोमोटिभ उद्योगको सबैभन्दा विश्वसनीय गुणस्तर जाँच मध्ये पर्छ । २०२६ को जेडी पावर जाँच चीनका ८१ सहरमा ४९ ब्रान्डका एक सय ३७ मोडेलमाथि २१ हजार एक सय ७७ जना गाडी धनीहरुसँग प्रतिक्रिया लिएर बनाइएको हो ।
यो जाँचमा दुईदेखि ६ महिनाको स्वामित्व भएका ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । सफ्टवेयर र एडास जटिलता लगायतका कारणले चिनियाँ बजारले गुणस्तर सम्बन्धी बढ्दो चुनौतीको सामना गर्दै आएको बेला दिपल एस०५ ले बलियो इन्जिनियरिङ र उत्पादन गुणस्तरमा अग्र स्थान हासिल गरेको हो ।
यो उपलब्धीले स्टाइलिस, टेक्नोलोजी ड्रिभन र विश्वसनीय ईभी खरिद गर्न चाहने नेपाली ग्राहकका लागि दिपल एस०५ निर्विकल्प उत्पादनका रुपमा स्थापित गरेको छ । नेपालमा दिपलले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको अवस्थामा हासिल भएको उपलब्धीले ब्रान्डको बढ्दो प्रतिष्ठा र आधुनिक ईभी खरिदकर्तामाझ एस०५ को सफलतालाई मलजल गर्ने अपेक्षा गरिएको छ ।
चांगन अटोमोबाइल ग्रुप आधिकारिक रूपमा चीनको केन्द्रीय सरकारको व्यवस्थापन...
चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा...
काठमाडौं–दिपल गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...