नेपाल भित्रियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड इनिग्मा, यस्ता छन् स्कुटरको मूल्य र विशेषता
काठमाडौं – राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय...
टाटा मोटर्सले आफ्नो कमर्सियल भेहिकल डिभिजन क्षेत्रलाई थप सशक्त बनाउँदै नयाँ इन्ट्रा ईभी पिकअप लन्च गरेको छ। टाटा मोटर्स कमर्सियल भेहिकल अन्तर्गत ल्याइएको सो इलेक्ट्रिक पिकअपको सुरुवाती मूल्य ११ लाख ९५ हजार भारु निर्धारण गरिएको छ।
नयाँ इन्ट्रा ईभी पिकअपलाई व्यावसायिक प्रयोगलाई ध्यानमा राख्दै डिजाइन गरिएको छ। यसमा १० फिट २ इन्च लामो लोडिङ बडी दिइएको छ, जसले अधिकतम १७५० किलोग्रामसम्म भार बोक्न सक्छ। कम्पनीका अनुसार सो गाडी एलपीजी तथा दुग्ध वितरण, द्रुत उपभोग्य वस्तु ढुवानी, ई–वाणिज्य, कोल्ड चेन सेवा र फोहोर व्यवस्थापनजस्ता विभिन्न क्षेत्रमा प्रयोगका लागि उपयुक्त हुनेछ।
सो इलेक्ट्रिक पिकअपमा सिंगल मोटर जडान गरिएको छ, जसले ७२ किलोवाट अर्थात् ९७ हर्स पावर र २३० एनएमको टर्क उत्पादन गर्छ । सो गाडीले २३ प्रतिशतसम्मको उकालो सहजै पार गर्न सक्छ। यसमा आईपी६७ स्तरको सुरक्षा भएको २८.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ। कम्पनीका अनुसार गाडीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ५५ मिनेट समय लाग्छ र पूर्ण चार्जमा २११ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।
सेफ्टीका लागि इन्ट्रा ईभी पिकअपमा वाक–थ्रु क्याबिन, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ र आरामदायी कारजस्तै एर्गोनोमिक्स दिइएको छ। साथै, टाटा मोटर्सको फ्लीट एज सिस्टममार्फत प्रयोगकर्ताले सवारीको वास्तविक समय ट्र्याकिङ, स्वास्थ्य अवस्था अनुगमन तथा मर्मतसम्भारसम्बन्धी जानकारी प्राप्त गर्न सक्छ ।
ड्राइभिङ अनुभवलाई अझ सुधार गर्न यसमा रिजनरेटिभ ब्रेकिङका ३ स्तरहरू उपलब्ध छन्, जसले प्रयोगकर्तालाई रेन्ज बढाउने वा सहज सवारी अनुभवमध्ये छनोट गर्ने सुविधा दिन्छ । साथै, स्थिरता र ब्रेकिङ क्षमतामा सुधार ल्याउन इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम पनि जडान गरिएको छ। कम्पनीले यस गाडीको ब्याट्रीमा ६ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ।
काठमाडौं – राइजिङ ट्रेडिङ कम्पनी प्रालिले इनिग्मा ब्रान्डको विद्युतीय...
इलेक्ट्रिक सवारी साधनको लोकप्रियता बढेसँगै यसको ब्याट्रीको हेरचाह र सही...
नेपालमा भित्रिने अन्य सवारी साधनका साथै इलेक्ट्रिक भेइकल अर्थात ईभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...