३६ वर्ष पहिलेको बुलेट ३५० को बिल बन्यो भाइरल, १९८६ मा कति थियो यसको मूल्य ?
रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै...
रोयल इनफिल्डले आफ्नो लोकप्रिय रेट्रो-स्टाइल मोटरसाइकल हन्टर ३५० को नयाँ बेस प्रिमियम भेरिएन्ट अप्रिल ४ मा लन्च गरेको छ। कम्पनीले सो भेरिएन्टको मूल्य १ लाख ४९ हजार ९०० भारु निर्धारण गरेको छ। कम्पनीका अनुसार, सो बाइकले प्रति लिटर ३६.२ किलोमिटरको एआरएआई प्रमाणित माइलेज दिन्छ।
नयाँ हन्टरको साइड प्यानलमा राखिएको न्यूनतम ब्रान्डिङले यसलाई अझ सफा र प्रिमियम देखिने बनाएको छ। यससँगै कम्पनीले उच्च भेरिएन्टमा मुम्बई येलो र मुनशट सेतो गरी दुई नयाँ रङ विकल्प पनि थपेको छ। अब हन्टर ३५० कुल १० फरक रङमा उपलब्ध भएको छ । साथै यसमा स्पोक ह्विलको सट्टा ट्युबलेस टायरसहितका कास्ट अलोय ह्विल दिइएको छ । भारतीय बजारमा सो बाइकले टीभीएस रोनिन, होन्डा सिबी ३५०, जावा ४२ र येज्दी रोडस्टरसँग प्रतिस्पर्धा गर्नेछ।
फिचरका हिसाबले नयाँ भेरिएन्टमा टप मोडलमा पाइने जस्तै रोटरी स्विचगियर, नयाँ डिजिटल एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर तथा स्लिप–एन्ड–असिस्ट क्लच जस्ता सुविधा समावेश गरिएको छ। सेफ्टिका लागि सिंगल–च्यानल एबीएसको साथमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ। यसमा अपडेट गरिएको गोलाकार हलोजन हेडल्याम्प समावेश गरिएको भए पनि ट्रिपर नेभिगेसन सुविधा भने उपलब्ध छैन । साथै, मोबाइल चार्ज गर्नका लागि यूएसबी पोर्ट पनि राखिएको छ।
सो बाइकमा १३ लिटर क्षमताको इन्धन ट्याङ्की, ८०० एमएम सिट उचाइ र १७ इन्चका अलोय ह्विल दिइएको छ। अगाडि ४१ मिलिमिटर टेलिस्कोपिक फोर्क र पछाडि नयाँ शोक अब्जर्बर दिइएको छ । यसको तौल १८१ किलोग्राम छ ।
नयाँ हन्टर ३५० को इन्जिनमा कुनै परिवर्तन गरिएको छैन। यसमा ३४९ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर तथा आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ६१०० आरपीएममा २०.२ हर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क उत्पादन गर्छ। सो इन्जिनलाई ५ स्पिड गियरबक्ससँग जोडिएको छ । कम्पनीका अनुसार, बाइकले ११४ किलोमिटर प्रतिघण्टाको अधिकतम गति हासिल गर्न सक्छ। शहरमा यसले करिब ४०.१९ किलोमिटर प्रतिलिटर र राजमार्गमा ३५.९८ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ।
रोयल इन्फिल्डको बुलेट बाइक सबैभन्दा लोकप्रिय बाइक मध्ये एक हो । समयसँगै...
काठमाडौं – नेपालमा रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११...
रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...