हुन्डाईको सबैभन्दा सानो इलेक्ट्रिक एसयूभी ‘इन्स्टर’ सार्बजनिक, के छन् विशेषता ?
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...
हुन्डाईले न्यूयोर्क अटो शोमा आफ्नो नयाँ अफ -रोड कन्सेप्ट गाडी बोल्डर पेश गरेको छ । सो एसयूभी विशेष गरी कठिन भू-भाग र पहाडी क्षेत्र लागि डिजाइन गरिएको हो ।
हुन्डाई बोल्डरको डिजाइन निकै बलियो र आकर्षक देखिन्छ। यसको बक्सी आकारको डिजाइन र लिक्विड टाइटेनियम फिनिशले यसलाई प्रिमियम र मजबुत लुक दिएको छ । गाडीमा ३७ इन्चका ठूला टायरहरू जडान गरिएको छ । पछाडि स्पेयर टायर पनि राखिएको छ, जसले लामो अफ-रोड यात्रामा थप सुविधा दिन्छ।
सो गाडीको ग्राउन्ड क्लियरेन्स उच्च राखिएको छ, जसले गर्दा असमान सडक वा ढुङ्गामा गाडीको तल्लो भाग ठोक्किने जोखिम कम हुन्छ । बोल्डरलाई पानीयुक्त क्षेत्र पार गर्न सक्ने गरी डिजाइन गरिएको छ, जसका कारण यो गहिरो नदी वा बाढीग्रस्त सडकमा पनि सहज रूपमा चलाउन सकिन्छ । साथै, आपतकालीन अवस्थाका लागि टो हुक पनि उपलब्ध गराइएको छ।
गाडीको ढोकाको डिजाइन पनि फरक प्रकारको छ । पछाडिका ढोकाहरू अगाडिको विपरीत दिशामा खुल्ने भएकाले भित्र पस्न र बाहिर निस्कन सजिलो हुन्छ। पछाडिको झ्याल बटन थिच्ने बित्तिकै पूर्ण रूपमा तल झर्ने सुविधा दिइएको छ । रातको समयमा अँध्यारो क्षेत्रमा यात्रा गर्दा सहजता दिन छतमा लामो लाइट बार जडान गरिएको छ। साथै, छतमा सामान राख्नका लागि विशेष र्याक पनि उपलब्ध छ।
गाडीको इन्टेरियर निकै सरल बनाइएको छ । यसमा टचस्क्रिनको सट्टा भौतिक बटन र नबहरू राखिएको छ । यसमा फोल्ड हुने टेबल र बलिया ह्यान्डल पनि छ । माथिल्लो झ्यालहरू सफारी शैलीमा खुल्ने भएकाले बाहिरी दृश्य सजिलै अवलोकन गर्न सकिन्छ।
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ ।...
हुन्डाई इन्डियाले २०२४ हुन्डाई अल्काजार भारतमा लन्च गरेको छ । कम्पनीले...
टाटा मोटर्सले आफ्नो नयाँ एसयूभी टाटा सिएरा भारतीय बजारमा लन्च गरिसकेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...