अर्थमन्त्रीलाई नाडाले दियाे ३६ बुँदे सुझाव

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीकाे नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटगरी नेपालको अटोमोबाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ। 

अटोमोबाइल प्रतिनिधिहरुसँगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोबाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि बृद्धि हुने र रोजगारी पनि  बढने बताएको नाडाले जनाएको छ। 

सो छलफलको क्रममा मन्त्री वाग्लेले सरकार राजस्व संकलनमा कसरी बृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजस्वमा बृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिएका थिए। 
यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताएको नाडाले जनाएको छ ।

सोही छलफलको क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको भन्दै बर्तमान अवस्थामा सीकेडीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठिनाइ भइरहेको बताए ।

अध्यक्ष उप्रेतीले टायरटयूव व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोबाइल बस्तुहरु नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउँदै सरकारले अटोमोबाइल वस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनुपर्ने धारणा राखेका थिए।

सोही भेटघाटको क्रममा अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय/सुझावहरु समेत पेस गरेका छन्। 

सो छलफलको क्रममा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताए। नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरे। सोही क्रममा श्रेष्ठले भारतमा जीएसटी घटेकोले चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने धारणा राखे। 

यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रश्रय दिनुपर्ने बताए। उक्त छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति थियोे ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट

नाडा अटो शोमा अब एमजी साइबरस्टर हेर्न नपाइने, भयो सोल्ड आउट

काठमाडौं – नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एमजी साइबरस्टर सोल्ड आउट...

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

नाडा अटो शो २०२५ मा लन्च गरियो लन्च स्क्यानर, फ्युल इन्जेक्टर र न्युमेटिक टुल लगायतका उपकरण

काठमाडौं – विश्व प्रख्यात लन्च ब्रान्डको स्क्यानर नेपाली बजारमा...

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...