अब २४ घण्टामै ड्राइभिङ लाइसेन्स

काठमाडौँ – अब नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) २४ घण्टामै उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नयाँ सेवाग्राहीलाई २४ घण्टामै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने दाबी गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सामाजिक सञ्जाल पेजमार्फत मन्त्री तिमिल्सिनाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

मन्त्री तिमिल्सिनाका अनुसार नयाँ सवारी चालक अनुमतिपत्र आवेदनको हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई गरी उपलब्ध गराउनेछ । साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ सालको असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने समेत उनले बताएका छन् ।

हाल लामो समय देखि सवारी चालक अनुमतिपत्र प्राप्त हुन नसकेका कारण धेरै सेवाग्राहीहरु मर्कामा परेका छन् ।

सम्बन्धित समाचारहरू

तपाईको ब्लुबुक हरायो ? अब के गर्ने ?

तपाईको ब्लुबुक हरायो ? अब के गर्ने ?

र्दैनिक जीवनमा विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ । ती मध्ये आफ्नो...

पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं महोत्सवमा आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

काठमाडौं – राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र...

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

इम्बोस्ड नम्बर प्लेट जडानमा सुस्तता : ७ वर्षमा ५० हजार मात्र जडान

काठमाडौं- सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...