पेट्रोलको मूल्य बढ्दा उपभोक्ता मारमा : सामाजिक सञ्जालमा आलोचना
पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै...
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगम लगातार घाटामा गइरहेको छ । निगमको तथ्यांक अनुसार पछिल्लो एक महिना ८ दिनमा मात्रै करिब ११ अर्ब रूपैयाँ घाटा भएको छ ।
पेट्रोलियम पदार्थ किनेर, राजस्व तिरेर, ढुवानी तथा बिक्री गर्दा खर्च हुने रकमको तुलनामा बिक्री मूल्य सस्तो भएकाले घाटा लगातार बढ्दै गएको हो ।
आइओसीले पछिल्लो १ महिना ८ दिनमा निगमलाई बेच्ने डिजेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ बढाएको छ । फेब्रुअरी १६ मा आइओसीले डिजेलको भाउ ९१ रूपैयाँ ८८ पैसा तोकेको थियो । त्यसयता बढ्दै अप्रिल १ मा २४२ रूपैयाँ तोकेको छ ।
यो रकममा प्रतिलिटर ४९ रूपैयाँ २८ पैसा नेपाल सरकारले लिने राजस्व तथा शुल्क थप हुन्छ । २ रूपैयाँ ३९ पैसा निगमको सञ्चालन खर्च छ । सबै गर्दा डिजेलको भाउ २८५ रूपैयाँ प्रतिलिटर पुग्छ । तर निगमले काठमाडौं उपत्यकामा हाल १८२ रूपैयाँमा बिक्री गरिरहेको छ ।
त्यसैले अहिले एक लिटर डिजेलमा १२० रूपैयाँ घाटा रहेको निगमले जनाएको छ । त्यस्तै, एक लिटर पेट्रोल बिक्रीमा ३४ रूपैयाँ र ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
पेट्रोलको मूल्य अब १९९ रुपैयाँ र डिजेलको मूल्य १९२ रुपैयाँ पुगेको छ । एकै...
दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ ।...
काठमाडौँ – काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...