जापानमा कार र मोटरसाइकल पश्चात सुजुकीको नयाँ व्यवसाय : भारतीय करि बिक्री

जापानी अटोमोबाइल निर्माता कम्पनी सुजुकीले हाल साइड बिजनेसको रुपमा भारतीय करि अर्थात इन्डियन करि प्रोडक्ट्स बिक्री गरेर चर्चा कमाइरहेको छ । प्रारम्भमा भारतीय कर्मचारीहरुलाई लक्षित गरी क्यान्टिनमा उपलब्ध गराइएको सो भारतीय परिकार अहिले प्याकेटबन्द उत्पादनका रूपमा बजारमा बिक्री हुन थालेपछि यो कम्पनीका लागि नयाँ सफल व्यवसाय बनेको छ ।

सुजुकीले सन् २०२५ देखि अनलाइनमार्फत यस प्रकारका करि उत्पादन बिक्री गर्न थालेको हो । सुरुमा ग्रीन भेजिटेबल मुङ दाल, ब्राउन चना मसाला, ¥याडिस साम्बार र टमाटर लेन्टिल दाल गरी चार प्रकारका स्वाद उपलब्ध गराइएका थिए। प्रत्येक प्याकेटको मूल्य ९१८ येन अर्थात करिब ५.७६ अमेरिकी डलर तोकिएको छ। रोचक पक्ष भनेको यी करि प्याकेटको डिजाइनमा सुजुकी जिम्नी र स्विफ्ट लगायतका कार र भी–स्ट्रोम लगायतका मोटरसाइकलका तस्बिर प्रयोग गरिएको छ ।

गत अक्टोबरमा पम्पकिन साम्बार स्वाद थपिएपछि उत्पादनको विविधता अझ बढेको छ। कम्पनीका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा करिब १ लाख २४ हजार प्याकेट करि बिक्री भइसकेको छ। सुरुमा कम्पनीको अनलाइन स्टोरबाट मात्र बिक्री हुने यी उत्पादन अहिले जापानका अटो शो, विभिन्न कार्यक्रम तथा कम्पनीको प्रधान कार्यालयस्थित कम्पनी संग्रहालयमा समेत उपलब्ध गराइएको छ।

ग्राहकहरूबाट पनि सकारात्मक प्रतिक्रिया आउन थालेको छ। एक ग्राहकले आफूसँग ड्राइभिङ लाइसेन्स नभए पनि करिले सुजुकीसँग जोडिदिएका सन्देश पठाएका छन् । अर्को ग्राहकले आफूले क्याम्पिङ जाँदा सुजुकी जिम्नी कारका साथै त्यही गाडीको तस्बिर भएको करि पनि साथै लैजाने गरेको बताए ।

सुजुकी र भारतबीचको सम्बन्ध भने नयाँ होइन। कम्पनीले करिब ४० वर्षदेखि भारतमा उत्पादन गतिविधि सञ्चालन गर्दै आएको छ। यसको सहायक कम्पनी मारुती सुजुकी अहिले भारतीय अटो बजारमा करिब ४० प्रतिशत हिस्सा ओगटेर अग्रणी स्थानमा छ।

जापानमा काम गर्ने भारतीय कर्मचारीहरूको संख्या बढ्दै जाँदा कम्पनीले सन् २०१० तिर मुख्य कार्यालयका क्यान्टिनहरूमा भारतीय परिकार समावेश गर्न थालेको थियो। सुरुमा तरकारी करि र पालुंगो करि जस्ता परिकार उपलब्ध गराइन्थ्यो। सन् २०१९ मा थप शाकाहारी ‘सब्जी’ परिकार समावेश गरिए पनि मेनु सीमित भएको भन्दै कर्मचारीहरूले अझ विविधता थप्न आग्रह गरेका थिए।

त्यसपछि कम्पनीले स्थानीय खाद्य उत्पादकसँग सहकार्य गर्दै मसला सन्तुलन मिलेको, स्वादमा स्थिरता हुने र ‘घरकै स्वाद’ जस्तो अनुभव दिने करि विकास गरेको हो। यही प्रयासबाट पछि प्याकेटबन्द करि उत्पादनको अवधारणा विकसित भएको बताइन्छ।

सम्बन्धित समाचारहरू

परिष्कृत इन्जिनमा आयो सुजुकी एसप्रेसो, माइलेज १७ प्रतिशत सम्मले बृद्धि

परिष्कृत इन्जिनमा आयो सुजुकी एसप्रेसो, माइलेज १७ प्रतिशत सम्मले बृद्धि

मारुती सुजुकीले एसप्रेसोलाई परिष्किृत इन्जिनसहित बजारमा ल्याएको छ ।...

सुजुकीका तीन मोडल भारत एनक्यापको क्र्यास टेष्टमा सहभागी हुने

सुजुकीका तीन मोडल भारत एनक्यापको क्र्यास टेष्टमा सहभागी हुने

मारुती सुजुकीले भारत एनक्याप क्र्यास टेस्टका लागि पठाइने कारहरूको पहिलो...

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

मध्यम वर्गीय परिवारलाई लक्ष्यित गर्दै कम बजेटमा नयाँ एसयूभी ल्याउने तयारीमा विभिन्न कम्पनी

कार बजारमा मध्यम वर्गीय ग्राहकहरुको संख्या ठुलो छ, जसले राम्रो डिजाइन,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...