कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
चीनको वुहान शहरमा सेल्फ ड्राइभिङ सम्बन्धी एउटा चिन्ताजनक घटना सार्वजनिक भएको छ। बुधबार राति करिब १०० भन्दा बढी रोबोट ट्याक्सी व्यस्त सडकको बीचमै अचानक रोकिँदा धेरै यात्रुहरू अलपत्र परेका थिए। तीव्र गतिमा सवारी गुडिरहेको अवस्थामा यस्तो घटना भएपछि यात्रुहरूमा त्रास फैलिएको थियो ।
प्रहरी र स्थानीय मिडिया रिपोर्ट अनुसार प्रारम्भिक अनुसन्धानले सवारीको ड्राइभिङ सिस्टममा प्राविधिक खराबी भएको संकेत गरेको छ। यद्यपि सो घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
घटनामा परेका एक यात्रुले चिनियाँ सञ्चारमाध्यमलाई बताएअनुसार उनको सवारी मोड नजिकै अचानक रोकिन पुग्यो। त्यसपछि गाडीको स्क्रिनमा ड्राइभिङ सिस्टममा खराबी आएको र कर्मचारी ५ मिनेटभित्र आइपुग्ने सन्देश देखिएको थियो। तर लामो समयसम्म कोही नआएपछि उनले आपतकालीन सहयोग बटन थिचे। जवाफमा टोली आउँदैछ भनिए पनि ढिला भएपछि उनी आफैं गाडीबाट बाहिर निस्कन बाध्य भएका थिए।
यद्यपि धेरै यात्रुहरु डरका कारण गाडीमै बसिरहे । ती रोबोट ट्याक्सीहरु रिङरोडको बीच लेनमा रोकिएका थिए, जहाँ ट्राफिक बत्ती हुँदैन र सवारीहरू उच्च गतिमा गुडिरहेको हुन्छ । यस्तो जोखिमपूर्ण अवस्थामा बाहिर निस्कन धेरैलाई डर लागेकाले पछि उद्धार टोलीमार्फत उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
यी सबै रोबोट ट्याक्सीहरू चिनियाँ प्रविधि कम्पनी बायडुद्वारा सञ्चालन गरिएको ‘अपोलो गो’ सेवाअन्तर्गत रहेका थिए। वुहानमा मात्रै सयौं यस्ता सवारी परीक्षण परियोजनाको रूपमा सञ्चालनमा छन्। घटनाबारे कम्पनीले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।
हाल बायडुले आफ्नो रोबोट ट्याक्सी सेवा विश्वभर विस्तार गरिरहेको छ। कम्पनीका अनुसार एक हजारभन्दा बढी यस्ता सवारी विभिन्न देशमा सञ्चालनमा छन्। मध्यपूर्व र युरोपमा समेत सेवा विस्तार भइरहेको छ, जसअन्तर्गत अबुधाबी र दुबईमा सेवा सुरु भइसकेको छ भने बेलायत र स्विट्जरल्याण्डमा लन्चको तयारी भइरहेको छ।
हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी...
काठमाडौं – नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको...
वीरगञ्ज – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...