१२५२ किलोमिटरको साहसिक यात्रा : ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न

चितवन – आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ । हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको छ ।

चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भएको यो यात्रा चैत १६ गते चितवन फर्किएर समापन भएको हो । टोलीले कुल १२५२ किलोमिटरको दूरी पार गरेको छ । यात्राका क्रममा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १६ जिल्लाहरू समेटिएका छन् ।

सो अन्तर्गत पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण तर विकट मानिएको डोल्पालाई मुख्य गन्तव्य बनाइएको थियो, जहाँ टोली चैत १३ गते पुगेको थियो ।

सडकमा अनुशासित ढंगले गुडिरहेका राइडरहरू र उनीहरूको टल्कने ज्याकेटले सर्वसाधारणको ध्यान खिचेको थियो । प्रत्येक बाइकमा फरक फरक झण्डा फरफराउँदै राइडरहरु गन्तव्यतर्फ अगाडि बढिरहेको दृश्य आकर्षक देखिन्थ्यो ।

नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रलाई मोटरसाइकल यात्रामार्फत चिनाउनु नै आफूहरुको मुख्य लक्ष्य रहेको हिमालयन राइडर्सका संयोजक अमृत जोशी बताउँछन् । ‘लक्ष्य अनुसार राइड निकै सफल भएको छ,’ उनले भने ।

यात्राका क्रममा डोल्पामा सरोकारवालाहरुबीच ‘राइड टुरिजम’का सम्भावनाबारे बहस समेत गरिएको थियो । ओझेलमा परेका पर्यटकीय स्थलहरूको उजागर गर्न र सडक सुरक्षाको सन्देश फैलाउन यो यात्रा सफल भएको हिमालयन राइडर्सका सहसंयोजक तथा चितवन अटोमोबाइल एसोसिएसनका अध्यक्ष मोहन केसीले बताए ।

टोलीले चितवनबाट सुरु गरी तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जाजरकोट, सुर्खेत, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही हुँदै नवलपरासी पूर्व र पश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणसमेत गरेको छ ।

राइडमा सहभागी हुँदा नयाँ अनुभवका साथै आन्तरिक पर्यटन बुझ्ने अवसर मिलेको नासा बागमतीका अध्यक्ष एवं चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पियाले बताए । ‘यो यात्राले नेपालमा साहसिक पर्यटन र राइड टुरिजमको राम्रो सम्भावना रहेको पुष्टि भएको छ,’ उनले भने । राइडरहरुका लागि डोल्पा उत्कृष्ट गन्तव्य बन्न सक्ने पियाले बताए ।

राइडमा २० वटा बाइकमा २३ जनाको सहभागिता थियो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल...

चैत ११ देखि चितवन–डोल्पा राइड हुने, ४ प्रदेशका १५ जिल्ला समेटिने

चैत ११ देखि चितवन–डोल्पा राइड हुने, ४ प्रदेशका १५ जिल्ला समेटिने

चितवन – आन्तरिक पर्यटन र साहसिक मोटरसाइकल टुरिजम ‘राइड टुरिजम’ लाई बढावा...

सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर

सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर

काठमाडौं – सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...