के बाइकमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्छ ?

नेपालमा चल्ने सवारी साधन मध्ये अधिकांश दुईपांग्रे अर्थात स्कुटर र मोटरसाइकल नै छन् । तर ती दुईपांग्रे सवारी साधनको पछाडि बस्ने यात्रुले भने हेल्मेट लगाएको पाइदैन । यद्यपि ट्राफिक प्रहरीले भने यस वारेमा सचेतनामूलक कार्यक्रम भने गरेको पाइन्छ ।

हाम्रा सडक किनारामा एकैछिन उभिएर हेर्ने हो भने प्रायः सबै यात्रीहरू हतारमा देखिन्छन् । विशेषगरी दुईपांग्रे सवारी चालकहरूमा यो हतारो अझ बढी छ । घरबाट निस्कन अबेर गर्ने तर सडकमा पुगेपछि ’रफ्तार’ देखाउने प्रवृत्तिका कारण आज हाम्रा सडकहरू जोखिमपूर्ण बन्दै गएका छन् ।

दुईपांग्रे सवारी साधन आजको समयमा सबैभन्दा सहज, सुलभ र लोकप्रिय यातायातका माध्यममध्ये एक हो । तर, यही साधन सबैभन्दा जोखिमयुक्त पनि मानिन्छ । सडकमा हुने अधिकांश दुर्घटनामा मोटरसाइकल र स्कुटर अग्रस्थानमा छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, कुल सवारी दुर्घटनामध्ये ५६ प्रतिशतभन्दा बढी हिस्सा दुईपांग्रे सवारी साधनको छ । गत आर्थिक वर्षमा मात्र १ हजार १ सय २३ जना दुईपांग्रे सवारले ज्यान गुमाउनु पर्यो । यसको मुख्य कारण असुरक्षित यात्रा र गुणस्तरहीन हेल्मेटको प्रयोग नै हो । यस्तो अवस्थामा ज्यान बचाउने एउटा सानो तर अचुक सुरक्षा उपाय हो – गुणस्तरीय हेल्मेटको सही प्रयोग ।

हामीमध्ये धेरैजसोले हेल्मेटलाई बाध्यता वा ट्राफिक कारबाहीबाट जोगिने माध्यमका रूपमा मात्र लिने गरेका छौं । तर वास्तविकता के हो भने, हेल्मेट जीवन र मृत्युबीचको सुरक्षा कवच हो । दुर्घटनाको बेला टाउकोमा लाग्ने चोट सबैभन्दा घातक हुन्छ । दिमागमा चोट लागेपछि बाहिर सामान्य देखिए पनि व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा दीर्घकालीन असर पर्न सक्छ ।

धेरै दुर्घटनामा पछाडि बस्ने यात्रुले अकालमा ज्यान गुमाएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० ९२० ले पनि चालक र यात्री दुवैले अनिवार्य सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था गरेको छ । कानुन पालनाका लागि मात्र होइन, ज्यान जोगाउन दुवैले हेल्मेट लगाऔँ ।

त्यसैले मूल बाटो वा ट्राफिक प्रहरी भएका ठाउँमा अधिकतर चालकले हेल्मेट लगाए पनि भित्री बाटो, चोक, गल्लीमा यत्रतत्र हेल्मेट नलगाईकनै बाइक वा स्कुटी कुदाइरहेको देख्न पाइन्छ । मोटरसाइकल वा स्कुटी चालकले हेल्मेट लगाउनु नपर्ने प्रचलन सायद नेपालमा मात्रै हो । तर, धेरै न्युरो सर्जन वा सवारी दुर्घटनापछि उपचार गर्ने शल्यचिकित्सकको भनाइ मान्ने हो भने राम्रो गुणस्तरको हेल्मेटले धेरै हदसम्म जीवनदान दिने गरेको पाइएको छ ।

स्वास्थ्य सुरक्षामा केन्द्रित कानुनको हिसाबले मोटरसाइकल चालक र यात्रु दुवैले हेल्मेट लगाउनु भनेको समाजमा ट्राफिक सुरक्षा चेतना उच्च छ भन्ने बुझाउँछ । नियमित तवरमा हेल्मेट प्रयोग गर्दाको फाइदामा मस्तिष्क र टाउकोको रक्षा त भइहाल्यो, टाउकाको गम्भीर चोट पनि घट्छ (६५–७० प्रतिशतले) । मृत्युको जोखिम कम हुन्छ ।

आकस्मिक मृत्युमा करिब ५० प्रतिशतले सुधार आउँछ । ट्राफिक सुरक्षा सचेतना एवं संस्कृति निर्माण हुन्छ ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

सम्बन्धित समाचारहरू

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस्  यी उपाय

हेल्मेट सफा गर्ने सही तरिका, दुर्गन्ध हटाउन अपनाउनुस् यी उपाय

हेल्मेट सेफ्टीका लागि मात्र नभई स्वास्थ्यसँग पनि प्रत्यक्ष रूपमा...

स्टड्सले ल्यायो आकर्षक ग्राफिक्ससहित सुपरम्यान एडिसन हेल्मेट

स्टड्सले ल्यायो आकर्षक ग्राफिक्ससहित सुपरम्यान एडिसन हेल्मेट

सडक दुर्घटनामा हजारौं मानिसको मृत्यु हुने गरेको छ, जसमा दुई पाङ्ग्रे सवारी...

यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता, यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

काठमाडौं – विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...