जोशीले बनाए विद्युतीय मोटरसाइकल

काठमाडौं - निजी क्षेत्रबाट सञ्चालित धनगढीको सिसिएस विद्यालयका विद्यार्थी आशिष जोशीले रिमोटबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका छन्।

मोटरसाइकल निर्माणमा सफलता पाउनमा सुदूरपश्चिम एकेडेमीका पूर्वविद्यार्थी सागर खनालका साथै घरपरिवारबाट प्रेरणा मिलेको उनले बताए।

कवाडीको समानबाट अढाई हप्ता लगाएर घरमै मोटरसाइकल बनाएको र लागत खर्च रु ८० हजार रहेको लागेको जोशीले जानकारी दिए। “यो मोटरसाइकल रिमोटका अलावा सामान्य चाबीले स्टार्ट गर्नसकिन्छ”, जोशीले भने, “अत्तरियाको जेसिज एभरेष्ट स्कुलमा एक वर्षअघि भएको विज्ञान प्रदर्शनीको अध्ययन अवलोकनका क्रममा पनि आफूलाई सिक्ने प्रेरणा जागेको थियो।”

मोटरसाइकल निर्माणमा फलामे कवाडी समान, ब्याट्री, कन्ट्रोलर, मोटरलगायतको प्रयोग गरिएको छ। प्रयोग भएको ब्याट्री, कन्ट्रोलर र मोटर काठमाडौँबाट मगाइएको थियो। धनगढी उपमहानगरपालिका-१३ राजपुर निवासी जोशीले भने, “अध्ययनसँगसँगै आफ्नो क्षमतालाई बाहिर ल्याउने प्रयास गर्दा सफलता मिल्यो, यो मोटरसाइकल एकपटक रिचार्ज गरेमा प्रतिघण्टा ४५ किलोमिटरको गतिमा ८० किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ।”

छोराले मोटरसाइकल बनाएर प्रतिभा देखाएको भन्दै आफू हर्षित भएको उहाँका बुबा दुर्गा जोशीले बताए। कक्षा १२ मा अध्ययनरत जोशीलाई विद्यालयले छात्रवृत्तिसमेत प्रदान गरेको छ। रासस

सम्बन्धित समाचारहरू

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं – आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा सिप्रदी...

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

कामाका थप नयाँ मोडल ल्याउँदै मेगा मोटर्स

काठमाडौं–कामा ईभीको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सले थप नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...