फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
बीवाईडीले आफ्नो घरेलु बजार चीनमा नयाँ मिडसाइज एसयूभी सङ अल्ट्रा ईभी लन्च गरेको छ। आकर्षक डिजाइन, उन्नत प्रविधि र प्रतिस्पर्धात्मक मूल्यका कारण यसले टेस्ला मोडल वाईलाई सिधै चुनौती दिने देखिएको छ।
नयाँ सङ अल्ट्रा ईभीको सुरुवाती मूल्य २१ हजार अमेरिकी डलर तोकिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा निकै किफायती बनाएको छ। कम्पनीले सो मोडललाई ४ वटा आकर्षक रङ विकल्पमा उपलब्ध गराएको छ।
सङ अल्ट्रा ईभीको लम्बाइ ४८५० एमएम र ह्विलबेस २८४० एमएम रहेको छ। यसमा ७३० लिटर बुट स्पेस र १५० लिटर फ्रङ्क उपलब्ध छ। यसको एक्सटेरियरमा क्लोज्ड ग्रिल, स्लीक एलइडी हेडलाइट, टप माउन्टेड एलईडी डीआरएल, आकर्षक बोनट डिजाइन,स्क्वायर ह्विल आर्च, फ्ल्याट डोर ह्यान्डल, १९ इन्चका कम ड्र्याग ह्विल तथा कनेक्टिङ टेललाइट जस्ता आधुनिक डिजाइन समावेश छ ।
सो एसयूभीको इन्टेरियर निकै प्रिमियम देखिन्छ । यसमा १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल डिस्प्ले र २६ इन्चको हेड अप डिस्प्ले जस्ता अत्याधुनिक सुविधा उपलब्ध छ । साथै भेन्टिलेटेड सिट, मसाज सुविधा भएको ड्राइभर सिट, थ्रीडी एम्बियन्ट लाइटिङ, बेड मोड र फराकिलो क्याबिन स्पेसले यात्रालाई थप आरामदायी बनाउँछ। सेफ्टीका लागि ७ एयरब्याग, ३६० डिग्री क्यामेरा, २७ सेन्सर र लिडारमा आधारित एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम पनि दिइएको छ।
सङ अल्ट्रा ईभी मा ६८.४ किलोवाट आवर र ८२.७ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छ । यी ब्याट्रीले एकपटकको चार्जमा ६२० किलोमिटरदेखि ७१० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ। यसमा प्रयोग गरिएको इलेक्ट्रिक मोटरले ३२६ देखि ३६७ पिएससम्म पावर र ३०५ एनएमको टर्क उत्पादन गर्छ, जसको अधिकतम गति २१० किलोमिटर प्रतिघण्टा रहेको छ।
सो गाडीको सबैभन्दा विशेष पक्ष यसको अल्ट्रा फास्ट चार्जिङ प्रविधि हो । कम्पनीका अनुसार सो गाडी ५ मिनेटमै १० देखि ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने करिब ९ मिनेटमै ९७ प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ। साथै दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिले यसलाई अझ सुरक्षित र प्रभावकारी बनाएको बताइएको छ।
काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...
काठमाडौं – टोयोटाको नयाँ हाइब्रिड गाडी यारिस क्रस नेपाली बजारमा उपलब्ध...
नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ । लुम्बिनी प्रदेशले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...