एथर लाइनअपको अझै कम मूल्यको इलेक्ट्रिक स्कुटर अब नेपालमा, ९९९ रुपैयाँमा बुकिङ, मूल्य कति ?

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपालमा यो भन्दा पहिले उपलब्ध रिज्टा जेडको उत्कृष्टतालाई पछ्याउँदै रिज्टा लाइनअपको नयाँ स्कुटर उपलब्ध गराइएको हो ।

नेपाली परिवारका लागि सरल, व्यावहारिक र पहुँचयोग्य बनाउन यसको डिजाइन गरिएको बताउँदै वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्यले यसमा उपलब्ध एथर एस्योरेन्स प्याकेजले इलेक्ट्रिकमा स्विच हुन चाहने ग्राहकहरुको वास्तविक चिन्तालाई सम्बोधन गर्ने बताए । रिज्टा लाइनअपलाई एथर एस्योरेन्स प्याकेज उपलब्ध गराइएको छ ।

यस अनुसार एथरका विभिन्न राइडिङ अवस्थाहरुमा दशक भन्दा बढी समय परीक्षण गरिएका आफ्नै डिजाइनयुक्त ब्याट्री प्याकहरुमा ३ वर्ष वा ३० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुन्छ र यसलाई ५ वर्ष वा ६० हजार किलोमिटर सम्म विस्तार गर्न सकिन्छ ।

त्यसैगरी एथरले नेपालभर विभिन्न रणनीतिक स्थानहरुमा ३५ सार्वजनिक फास्ट चार्जर स्थापना गरेको छ । यो दुईपांग्रे ईभीका लागि सबैभन्दा ठूलो फास्ट चार्जिङ नेटवर्क हो । यी स्टेशनहरुमा १ वर्ष सम्म निःशुल्क चार्जिङ सुविधा उपलब्ध छ ।

नेपालभर रहेका एथर एक्सपेरियन्स सेन्टरमा सहज र भरपर्दो सेवा उपलब्ध हुनेछ । यसका साथै सीमित अवधिका लागि ग्राहकहरुले वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुट पनि पाउने छन् ।

रिज्टा एसमा २.७ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा १२३ किलोमिटरको आईडीसी रेन्ज दिन्छ । यसले ४.३ किलोवाटको पिक पावर उत्पादन गर्छ, अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ४० किलोमिटर प्रतिघण्टा ४.७ सेकेन्डमा पुर्याउछ र २२ एनएम टर्क जेनेरेट गर्छ ।

वास्तविक जीवनको प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको रिज्टा एसमा फराकिलो सिट, प्रशस्त बुट स्पेस र ठूलो स्टोरेज रहेको छ, जसले यसलाई नेपाली यात्रुहरुका लागि सहरका सडकदेखि ग्रामीण सडक सम्मका दैनिक यात्रामा उपयुक्त बनाउछ ।

यो स्कुटरमा सुरक्षाका लागि अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुविधाहरु समावेश गरिएको छ, जसले नेपालका विविध भौगोलिक अवस्थाहरु र व्यस्त ट्राफिकमा सवारी चलाउदा आत्मविश्वास बढाउछ ।

एथर रिज्टा एसको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । तर लन्चको अवसरमा वैद्य इनर्जीले पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँ छुट उपलब्ध गराउने भएको छ । यस अनुसार यसको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ हुनेछ । ग्राहकहरुले ९९९ रुपैयाँमै सो स्कुटर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो भन्दा पहिले नेपाली बजारमा उपलब्ध एथर रिज्टा जेडमा केही सुधार गरेर अझै कम मूल्यमा रिज्टा एस उपलब्ध गराइएको हो । रिज्टा जेडमा ३.७ किलोवाट आवरको ब्याट्री प्याक छ र यसले १५९ किलोमिटरको रेन्ज दिन्छ । यसको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

एथर रिज्टा लाइनअपकै अझै परिस्कृत स्कुटर कम मूल्यमा चाहनेहरुका लागि रिज्टा एस उपयुक्त विकल्प बन्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’

दिपल एस०५ पाउन केही महिना पर्खिनु पर्ने : नेपाली अटोमोबाइलमा एक ‘नयाँ सनसनी’

काठमाडौं – तपाई दिपल एस०५ ईभी किन्ने योजनामा हुनुहुन्छ भने अहिले तुरुन्तै...

पोखरामा केई र फोर्थिङ ईभीको बिक्री सुरु, नयाँ सोरुम उद्घाटन

पोखरामा केई र फोर्थिङ ईभीको बिक्री सुरु, नयाँ सोरुम उद्घाटन

काठमाडौं– केई र फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुर पलायन हुने स्थिति आयो : श्रेष्ठ

इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुर पलायन हुने स्थिति आयो : श्रेष्ठ

काठमाडौँ–नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...