मुख्यमन्त्री बानिया र नाडाको नयाँ कार्य समिति बिच छलफल, आपसी सहकार्यमा जोड

काठमाडौं - नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेट गरेका छन् । भेटमा अटोमोबाइल क्षेत्रका विषयमा छलफल भएको छ ।

भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष उप्रेतीसहित नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा बधाईसँगै शुभकामना दिएका थिए । यस क्रममा उनले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै प्रसंशा गरे ।

छलफलमा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्गलगायत समस्या रहेकाले समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरी अघि बढनुपर्ने धारणा राखे ।

यस क्रममा उनले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनको ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए ।

छलफलमा नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेशसहित २८८३ सदस्य कम्पनी रहेको बताएका थिए। नेपालको अटोमोबाइल क्षेत्रमा एक खर्बभन्दा बढीको लगानी रहेको बताउँदै उनले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक पाँच हजार जनशक्तिको आवश्यकता हुने जानकारी दिए ।

अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन–कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा मोडालिटी तयार गरी पेश गरिने बताए । सोही अवसरमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको बताए ।

छलफलमा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्रगतिले परिवर्तन भइरहेकाले त्यही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दै जानुपर्ने चुनौती रहेको बताए । उनले नाडाले यसका लागि परिस्कृत पाठ्यक्रमसमेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संशाधनको अभाव मात्र होइन उस्तै ट्रेनरसमेत खाँचो रहेको औँल्याए।

छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठकको उपस्थिति रहेको थियो। यसैगरी नाडाका केन्द्रीय कार्य समिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी सहभागी थिए ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्ष चौधरीले भने – यो परिवर्तन नेपाललाई नयाँ उचाइमा पु-याउने अवसर हो

नाडा अध्यक्ष चौधरीले भने – यो परिवर्तन नेपाललाई नयाँ उचाइमा पु-याउने अवसर हो

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा युवा...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

अटोमोवाइल व्यवसायीहरुले भेटे अर्थमन्त्रीलाई, समस्याको समाधान गर्न सरकार तयार

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले हिजो उपप्रधानमन्त्री तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...