नाडा अटो शोमा ८२ स्टल रहने, १ लाख बढी दर्शकले अवलोकन गर्ने
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...
पाेखरा - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा पोखरामा ‘नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ ।
आयोजकका अनुसार यही चैत ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकको खेल मैदानमा अटो शो सञ्चालन गरिनेछ । पहिलो संस्करणको सफलतापछि दोस्रो पटक आयोजना गर्न लागिएको उक्त अटो शोमा सवारी साधन क्षेत्रका नवीन प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ ।
गण्डकी प्रदेशकै ठूलो अटो प्रदर्शनीका रूपमा लिइएको कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका चारपांग्रे, दुईपांग्रे, लाइट कमर्सियल तथा अन्य सवारी साधनहरू प्रदर्शनमा राखिनेछन् । साथै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अटो एसेसरिज तथा वित्तीय संस्थाका स्टलहरू समेत रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमार्फत सवारी साधन खरिद–बिक्री प्रवर्द्धन गर्नुका साथै अटो व्यवसायको विस्तार, क्षेत्रीय बजार सुदृढीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा नयाँ प्रविधि तथा नवप्रवर्तनबारे जानकारी गराउने उद्देश्यले विशेष ‘भिन्टेज कार शो’ र रोबोट प्रदर्शन समेत गरिने छ ।
अटाे शोमा हुन्डाई, किया, टाटा, सुजुकी, निसान, एमजी, रोयल इन्फिल्ड, टीभीएस, यामाहा लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन सहभागी हुनेछन् । पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब ४५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
अनुसार प्रदर्शनीले अटो व्यवसायी, उपभोक्ता तथा उद्योगबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्दै आधुनिक यातायात प्रविधिबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी पहिरोको विपदमा...
काठमाडौं– नेपालमा पहिलो पटक अनलाइन अटो शो शुरु भएको छ । नाडा अटोमोबाइल्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...