कार्तिक २६ गते हुने भयो पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा
काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल...
काठमाडौं– नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठनले पूर्णता पाएको छ । आइतबार बसेको दोश्रो केन्द्रीय कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम मिति २०८२ पौष २५ गते काठमाण्डौमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्न गरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरेको हो ।
नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीमा संस्थागत उपाध्यक्षतर्फ भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन् भने उपाध्यक्षमा विक्रम सिंहानिया र अभिक ज्योति चयन भएका छन् । त्यसैगरी, महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंंकज अग्रवाल र सह–कोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन् ।
संस्थागत सदस्यमा प्रदेशबाट डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा चयन भएका छन् । साधारण सदस्यहरु मध्येबाट अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका हुन् ।
दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी कार्यसमिती सदस्यमा मनोनित भएका छन् । उनीहरुलाई अध्यक्ष उप्रेतीले मनोनित गरेका हुन् ।
काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल...
काठमाडौँ – गत भदौ ११ देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो...
काठमाडौं–नाडा अटो शोलाई यसपटक यति धेरै चर्चामा केहीले ल्याएको छ भने त्यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...