सार्वजनिक निर्माणमा प्रयोग हुने सवारीसाधन अव सफा गरेर मात्र बाहिर निस्कनुपर्ने

काठमाडौं–सार्वजनिक निर्माणमा प्रयोग भएका सवारीसाधन निर्माणस्थलबाट बाहिरिँदा सफा गरेर मात्र बाहिर निस्कनुपर्ने भएको छ ।

मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७४औं बैठकले यस्तो निर्णय गरेको हो ।

‘निर्माणस्थलबाट बाहिरिने सवारीसाधनलाई धुलो तथा हिलो सफा गरेर मात्र बाहिर निस्कने व्यवस्था मिलाउने तथा निर्माण स्थल र वरपरका सडक तथा स्थानमा धुलो नियन्त्रणका लागि आवश्यकताअनुसार पानी छर्कने व्यवस्था गर्ने’ केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकको निर्णयमा भनिएको छ ।

सार्वजनिक निर्माण कार्यबाट उत्पन्न हुने धुलो तथा हिलो नियन्त्रणका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित संघीय तथा प्रदेश मन्त्रालयहरू, सम्बन्धित निकाय तथा स्थानीय तहका कार्यालयले आ–आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका निर्माण कार्यको नियमित सुपरिवेक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित समाचारहरू

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न इच्छुक देखिए यी १० कम्पनी

नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न इच्छुक देखिए यी १० कम्पनी

काठमाडौं–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका निम्ति १० कम्पनीका...

भारतद्वारा ३८ करोड मूल्य बराबरको १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

भारतद्वारा ३८ करोड मूल्य बराबरको १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा...

सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट विनियाेजन

सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट विनियाेजन

काठमाडौँ – सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...