बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...
मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र बिग्रँदै गएको सुरक्षास्थितिका कारण २०२६ मा आयोजना हुने कतार मोटोजीपी रेस स्थगित गरिएको छ । राइडर्स, कर्मचारी तथा दर्शकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै उक्त निर्णय गरिएको मोटोजीपीका आयोजकहरूले जनाएका छन्।
यसअघि कतारमा हुने सो प्रतिष्ठित मोटरसाइकल रेस अप्रिल १० देखि १२, २०२६ सम्म आयोजना हुने तय गरिएको थियो। तर, अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै यसलाई वर्षको अन्त्यतिर सारिएको छ। नयाँ तालिका अनुसार अब कतार मोटोजीपी नोभेम्बर ६ देखि ८, २०२६ बीच आयोजना हुनेछ।
कतार मोटोजीपी स्थगित भएपछि अन्य केही प्रतियोगिताको मितिमा पनि परिवर्तन गरिएको छ। नयाँ तालिका अनुसार पोर्चुगिज ग्रान्ड प्रिक्स नोभेम्बर २२ मा हुनेछ भने सिजनको अन्तिम प्रतिस्पर्धा भालेन्सिया ग्रान्ड प्रिक्स नोभेम्बर २९, २०२६ मा आयोजना गरिनेछ। यी बाहेक अन्य सबै प्रतियोगिता भने पहिले तय गरिएको तालिका अनुसार नै हुने आयोजकहरूले स्पष्ट पारेका छन्।
कतार मोटोजीपीका लागि पहिले नै टिकट खरिद गरिसकेका दर्शकहरूको टिकट भने नयाँ मिति अर्थात् नोभेम्बरमा हुने रेसका लागि मान्य रहने बताइएको छ। यसले दर्शकहरूलाई पुनः टिकट खरिद गर्नुपर्ने झन्झटबाट जोगाउनेछ।
मध्यपूर्वको अवस्थाले केवल मोटोजीपी मात्र होइन, अन्य प्रमुख मोटरस्पोर्ट्स प्रतियोगिताहरूलाई पनि असर गरिरहेको छ। विशेष गरी एफआईए वर्ल्ड एन्डुरेन्स च्याम्पियनसिप र फर्मुला वान जस्ता विश्वस्तरीय मोटरस्पोर्ट्स शृङ्खलाहरूका कार्यक्रमहरूमा पनि तालिका परिवर्तन गर्नुपर्ने अवस्था आएको छ। नयाँ तालिका अनुसार नोभेम्बरमा आयोजना हुने कतार मोटोजीपी च्याम्पियनसिप प्रतिस्पर्धाको हिसाबले झन् रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...
काठमाडौं –सीएफमोटो नेपालले आफ्नो तेस्रो मासिक राइड मसिंर २० गते(भोली)...
अन्श्री बराल सम्भवतः नेपालकै कान्छी राइडर र रेसर बन्ने क्रममा छिन् । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...