नयाँ भेन्युले पायो १ लाख बुकिङ, नयाँ भेरिएन्ट सार्वजनिक

हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्युले भारतमा १ लाखभन्दा बढी बुकिङ प्राप्त गरेको घोषणा गरेको छ। सो उपलब्धिलाई विशेष बनाउँदै कम्पनीले भेन्युको नयाँ एचएक्स८ डिजेल अटोमेटिक भेरिएन्ट पनि सार्वजनिक गरेको छ।

नयाँ एचएक्स८ डिजेल अटोमेटिक भेरिएन्टमा कम्पनीको यू२ १.५ लिटर सीआरडीआई डिजेल इन्जिन प्रयोग गरिएको छ, जुन ६ स्पिड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। सो भेरिएन्टमा धेरै नयाँ आरामदायी, सुरक्षा र प्रविधि सम्बन्धी सुविधाहरू पनि समावेश गरिएको छ।

यसको फ्रन्ट सिटमा भेन्टिलेटेड सिटको सुविधा दिइएको छ भने ड्युअल टोन लेदरेट सिटमा भेन्यु ब्रान्डिङ समावेश गरिएको छ। साथै फाेरवे इलेक्ट्रिक ड्राइभर सिट एडजस्ट, कन्ट्रोलर ओभर-द-एयर अपडेट, हुन्डाई ब्लुलिङ्क कनेक्टेड कार टेक्नोलोजी, अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र पछाडिको डिस्क ब्रेक जस्ता फिचर पनि उपलब्ध गराएको छ ।

साथै सो एसयूभीमा क्र्यास प्याड र सेन्ट्रल कन्सोलमा एम्बियन्ट लाइटिङ, ड्राइभ मोड सेलेक्ट सिस्टम जसमा इको, नर्मल र स्पोर्ट मोड समावेश छन्, ट्रयाक्सन कन्ट्रोल मोड र प्याडल सिफ्टर जस्ता फिचरले सवारी चलाउने अनुभवलाई अझ सहज र उन्नत बनाउने कम्पनीको दाबी छ।

यसअघि जनवरी २०२६ मा कम्पनीले भेन्युको एचएक्स५ प्लस भेरिएन्ट पनि सार्वजनिक गरेको थियो । उक्त भेरिएन्टमा रूफ रेल, क्वाड बिम एलईडी हेडलाइट, रियर वाइपर र वासर तथा वायरलेस स्मार्टफोन चार्जर जस्ता सुविधाहरू थपिएका थिए। कम्पनीका अनुसार फेब्रुअरीको सुरुसम्ममा भेन्युले बुकिङ सुरु भएको तीन महिनाभन्दा कम समयमा नै ८० हजारभन्दा बढी बुकिङ प्राप्त गरेको थियो, जसमा करिब ४८ प्रतिशत ग्राहक पहिलो पटक कार खरिद गर्ने थिए।

सम्बन्धित समाचारहरू

फरक फिचर र नयाँ अनुभव दिने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ नेपालमा लन्च हुँदै

फरक फिचर र नयाँ अनुभव दिने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ नेपालमा लन्च हुँदै

नेपाली बजारमा हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ भित्रिएको छ ।...

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

हुन्डाईका इलेक्ट्रिक कार किन्न प्रभु बैंकले सुलभ दरमा कर्जा दिने

काठमाडौं – हुन्डाईका इलेक्ट्रिक सवारी साधन किन्नका लागि आवश्यक कर्जा सुलभ...

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

हुन्डाई आयोनिक ५ ईभी पनि अब १०० किलोवाटमा आउने, मूल्य ९२ लाख ९६ हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...