भारतसँग जोडिने सीमा क्षेत्रमा ३९४ किमी राजमार्ग बनाउँदै चीन

काठमाडौं - चीनले भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रमा पूर्वाधार विस्तारलाई तीव्र बनाउने योजना अघि सारेको छ । आगामी १५औँ पञ्चवर्षीय योजना अन्तर्गत शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा ३९४ किलोमिटर लामो नयाँ राजमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।

हङकङस्थित साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त राजमार्ग तियानशेन पर्वत शृंखलाको उत्तरी र दक्षिणी भाग जोड्ने गरी निर्माण हुनेछ । परियोजना चीनको राष्ट्रिय विधायिका नेसनल पिपुल्स कंग्रेस (एनपीसी) बाट स्वीकृतिको प्रक्रियामा छ ।

यो सडक विवादित अक्साई चीन क्षेत्र नजिकको रणनीतिक मार्गसँग समानान्तर बन्ने बताइएको छ । निर्माणाधीन दुशान्जी–कुका राजमार्ग सन् २०३२ सम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।

योजनामा तिब्बततर्फ जाने तीनवटा विद्यमान राजमार्गको स्तरोन्नति गर्ने प्रस्ताव पनि समेटिएको छ । चीनले आफ्नो नयाँ पञ्चवर्षीय योजनामा आर्टिफिसियल इन्टेलिजेन्स, विद्युतीय सवारी र ब्याट्री प्रविधिलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

यसअघि १४औँ पञ्चवर्षीय योजनाको अवधिमा चीनले तिब्बतमा ब्रह्मपुत्र नदीमा विश्वकै ठूलो बाँध निर्माण सुरु गरेको थियो । यस्ता परियोजनाले भारत र बंगलादेशजस्ता देशमा सम्भावित प्रभावबारे चिन्ता बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचारहरू

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

रामेछाप – दसैँमा यात्रुको चाप बढ्न गई हुनसक्ने सम्भावित दुर्घटना...

हुस्सु–कुहिरोका कारण हुन सक्ने सवारी दुर्घटना र न्यूनीकरणका उपाय

हुस्सु–कुहिरोका कारण हुन सक्ने सवारी दुर्घटना र न्यूनीकरणका उपाय

जाडो महिनाको आगमनसँगै नेपालका पहाडी सडक र भित्री मधेशका क्षेत्रहरूमा...

काठमाडौंका यी सडकमा आजदेखि एकतर्फी मात्र सवारी चलाउन पाइने

काठमाडौंका यी सडकमा आजदेखि एकतर्फी मात्र सवारी चलाउन पाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले केही सडकलाई आजदेखि एकतर्फी (वान–वे)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...