५ लाख युनिट उत्पादन भयो टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन
टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन ५ लाख युनिट उत्पादन भएर नयाँ रेकर्ड...
भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय बन्दै गएका छन्। हालै सार्वजनिक भएको बिक्री तथ्यांक अनुसार भारतका टप २५ सर्वाधिक बिक्री हुने कारहरूको सूचीमा टाटा र महिन्द्राका कुल ९ मोडल समावेश भएका छन् ।
टाटा नेक्सन र टाटा पन्च जस्ता एसयूभी मोडलले बजारमा राम्रो प्रतिक्रिया पाएका छन्। त्यस्तै महिन्द्राको स्कोर्पियो पनि अत्यन्त लोकप्रिय बनेको छ। यी मोडलहरूले बिक्रीका हिसाबले मारुती र हुन्डाईका गाडीहरूलाई कडा प्रतिस्पर्धा दिएका छन्।
यस सूचीमा परेका टाटा र महिन्द्राका सबै ९ मोडलहरूको विस्तृत बिक्री रिपोर्ट सार्वजनिक भएपछि भारतीय अटो बजारमा स्वदेशी कम्पनीको बढ्दो प्रभाव अझ स्पष्ट भएको छ।
टाटा नेक्सन : टाटा मोटर्सको ४ मिटरभन्दा कमको कम्प्याक्ट एसयूभी, नेक्सन, फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । नेक्सनले १९ हजार ४३० युनिट बिक्री गरेको थियो ।
टाटा पन्च : टाटा मोटर्सको सबैभन्दा किफायती एसयूभी पन्च, फेब्रुअरीमा १८ हजार ४७८ युनिट बिक्रीका साथ तेस्रो सर्वाधिक बिक्री हुने कार बनेको छ ।
महिन्द्रा स्कोर्पियो : फेब्रुअरीमा महिन्द्रा स्कोर्पियो नवौं सर्वाधिक बिक्री हुने कार थियो । स्कोर्पियो एन र स्कोर्पियो क्लासिकले गत महिना संयुक्त रूपमा १४ हजार ६६५ युनिट बिक्री गरे।
महिन्द्रा थार : महिन्द्रा एण्ड महिन्द्राको सबैभन्दा लोकप्रिय एसयूभी थार सिरिजले फेब्रुअरीमा ११ हजार ४७ युनिट बिक्री गर्यो, जुन शीर्ष २५ मध्ये १४ औं स्थानमा रह्यो। थार सिरिजमा थार ३-डोर र थार रक्स जस्ता एसयूभीहरू समावेश छन्।
महिन्द्रा बोलेरो : महिन्द्रा एण्ड महिन्द्राको कम्प्याक्ट ७-सिटर एसयूभी बोलेरो फेब्रुअरीमा ९ हजार ८६३ युनिट बिक्री भयो र शीर्ष २५ सर्वाधिक बिक्री हुने कारको सूचीमा १७ औं स्थानमा रह्यो।
महिन्द्रा एक्सयूभी ७एक्सओ : फेब्रुअरीमा महिन्द्रा एक्सयूभी ७एक्सओले ९ हजार ११२ युनिट बिक्री गरी टप २५ मध्ये २१ औं स्थानमा हासिल गरेको थियो । यो महिन्द्रा गाडी मिड साइज ७ सिटर एसयूभी सेगमेन्टमा लोकप्रिय गाडी हो ।
महिन्द्रा एक्सयूभी ३एक्सओ : महिन्द्रा एण्ड महिन्द्राको ४ मिटर कम्प्याक्ट एसयूभी एक्सयूभी ३एक्सओ फेब्रुअरी महिनामा ८ हजार ६३७ युनिट बिक्री भयो र यो एसयूभी टप २५ सूचीमा २३ औं स्थानमा रह्यो।
टाटा सिएरा : टाटा मोटर्सको विगत ६ महिनाको सबैभन्दा लोकप्रिय एसयूभी सिएराले फेब्रुअरीमा ७ हजार १०० युनिट बिक्री गरेको छ । टाटा सिएरा गत महिना २४ औं सर्वाधिक बिक्री हुने कार थियो।
टाटाको सब–कम्प्याक्ट एसयूभी नेक्सन ५ लाख युनिट उत्पादन भएर नयाँ रेकर्ड...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...