पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना
काठमाडौं – गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले...
काठमाडौं–इजरायल–अमेरिका र इरानबीचको युद्धले विश्वभर पेट्रोलियम अभावको संकेत देखिएको छ भने कच्चा तेलको मूल्य बढेको छ ।
विश्वको महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा अवरोध आउने डरले विश्व तेल बजारको मूल्यले तीन वर्षयताकै रेकर्ड ब्रेक गरेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यता पहिलो पटक प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको छ ।
इरानमाथिको पछिल्लो हवाई आक्रमण र तेल डिपोलाई निशाना बनाइएपछि विश्वभर ऊर्जा संकटको त्रास बढिरहेका बेला कच्चा तेल मूल्य रेकर्ड ब्रेकमा वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानले दैनिक करिब १६ लाख ब्यारेल तेल निर्यात गर्ने गर्छ, जसको ठूलो हिस्सा चीनले खरिद गर्छ ।
विश्वको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा निरन्तर अवरोध भए तेलको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको अलजजिराले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...