नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा रहेको स्कुटर सुजुकी एक्सेस १२५ नेपालको सडकमा देखिएको छ। स्रोतका अनुसार सुजुकी एक्सेस १२५ को केही युनिट हालै नेपाल आइपुगेको र चाँडै बजारमा सार्वजनिक हुनेछ ।

सुजुकी एक्सेस १२५ आफ्नो विश्वसनीयता, स्मुद इन्जिन र उत्कृष्ट माइलेजका कारण भारतमा निकै लोकप्रिय स्कुटर मानिन्छ। यसमा प्रयोग भएको १२४ सीसी इन्जिनले राम्रो पावर र इन्धन दक्षता दुवै प्रदान गर्छ, जसका कारण दैनिक प्रयोगका लागि यसलाई उपयुक्त बनाउँछ।

आरामदायी सिट, हल्का डिजाइन, सहज ह्यान्डलिङ र ठूलो अन्डर–सिट स्टोरेज जस्ता विशेषताले पनि एक्सेस १२५ लाई ग्राहकहरूबीच लोकप्रिय बनाएको छ। सुजुकी एक्सेस १२५ नेपाली बजारमा समेत पहिले देखि नै उपलब्ध भए पनि पछिल्लो समयमा करिव १० महिना पहिले यसको नयाँ संस्करण भारतमा लन्च भएको थियो । सो स्कुटर नै अब नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

यसमा रहेको ४.२ इन्चको टीएफटी डिस्प्लेले सवारी चलाउने व्यक्तिलाई स्पष्ट र उच्च कन्ट्रास्टको इन्टरफेस प्रदान गर्छ, जसले विभिन्न प्रकाश अवस्थामा समेत राम्रो दृश्यता सुनिश्चित गर्छ। सो डिस्प्लेले छिटो रिफ्रेस दर र सटीक रङ रेन्डरिङको साथ सवारी सम्बन्धी जानकारीलाई अझ स्पष्ट र आकर्षक बनाउँछ।

राइड कनेक्ट टीएफटी संस्करणमा समावेश गरिएको सुजुकीको राइड कनेक्ट टेक्नोलोजीले स्मार्टफोन कनेक्टिभिटीको सुविधा दिन्छ, जसले प्रयोगकर्ताको समग्र अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ।

यसको डिजाइन र मेकानिकल सेटअपमा कुनै परिवर्तन गरिएको छैन । सो संस्करण १२५ सीसीको एकल-सिलिन्डर इन्जिनबाट संचालित हुन्छ, जसलाई ओबीडी२ मापदण्डअनुसार अपडेट गरिएको छ । सो इन्जिनले ६५०० आरपीएममा ८.३ बीएचपीको पावर र ५००० आरपीएममा १०.२ एनएमको टर्क उत्पादन गर्छ ।

सुजुकी एक्सेस १२५ ले एसर फास्टर अवार्ड्स २०२६ मा स्कुटर अफ द इयर अवार्ड समेत जितिसकेको छ ।

नेपालमा यसको आधिकारिक घोषणा भने अझै भएको छैन। तर स्कुटर नेपालमा देखिएको आधारमा निकट भविष्यमा यसको औपचारिक लन्च हुन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

मारुती इको भ्यानमा अव ६ वटा एयर व्याग र ६ सिट लेआउट

मारुती इको भ्यानमा अव ६ वटा एयर व्याग र ६ सिट लेआउट

मारुति सुजुकीले आफ्नो लोकपिय मोडल इको भ्यानको २०२५ संस्करण लन्च गरेको छ ।...

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

यी ५ फरक बिशेषताका साथ आउँदैछ नयाँ ब्रेजा

मारुती सुजुकीले कम्प्याक्ट एसयुभीमा सर्बाधिक सफल मानिएको ब्रेजालाई...

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

सुजुकी मोटरसाइकल किन्दा यस्तो छ दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना

कठमाडौं – सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...