बीवाईडी एम६ को नेपाली बजार मूल्य घोषणा, छिट्टै बिक्री शुरु हुने
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ प्रविधि सार्बजनिक गरेको छ। सो नयाँ प्रविधिले इलेक्ट्रिक सवारीसाधनलाई अत्यन्त छोटो समयमा चार्ज गर्न सकिन्छ ।
बीवाईडीले १५०० किलोवाट क्षमताको नयाँ फ्ल्यास चार्जिङ सिस्टमसँगै दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रस्तुत गरेको हो। सो नयाँ ब्याट्रीको प्रयोगले सवारीसाधनलाई केवल ५ मिनेटमा १० प्रतिशतदेखि ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। त्यस्तै, ९ मिनेटमै १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
सो प्रविधिले इलेक्ट्रिक सवारी प्रयोगकर्तामा देखिने दूरी र चार्जिङसम्बन्धी चिन्तालाई उल्लेखनीय रूपमा घटाउने विश्वास गरिएको छ। यससँगै इलेक्ट्रिक सवारीसाधन परम्परागत पेट्रोल तथा डिजेल गाडीको सुविधासँग नजिक पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार अत्यधिक जाडोमा ब्याट्रीको कार्यक्षमता घट्ने समस्या समाधान गर्ने उद्देश्यले नयाँ फ्ल्यास चार्जिङ प्रविधि र दोस्रो पुस्ताको ब्लेड ब्याट्री विकास गरेको हो। सो ब्याट्री माइनस ३० डिग्री सेल्सियस जाडोमा पनि केवल १२ मिनेटमै १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म चार्ज हुन सक्छ। त्यसैले अत्यधिक चिसो हुने देश तथा क्षेत्रका लागि यो प्रविधि निकै महत्वपूर्ण मानिएको छ।
दोस्रो पुस्ताको ब्लेड ब्याट्रीमा एनर्जी डेन्सिटी पनि बढाइएको छ। कम्पनीका अनुसार पहिलो पुस्ताको तुलनामा यसको एनर्जी डेन्सिटी करिब ५ प्रतिशतले बढी छ। सो नयाँ ब्याट्रीको प्रयोगसँगै एक पटक चार्ज गर्दा १,०३६ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने क्षमता प्राप्त गरेको बताइएको छ।
बीवाईडीले यससँगै १,५०० किलोवाट क्षमताको विश्वकै शक्तिशाली फ्ल्यास चार्जर पनि पेश गरेको छ। कम्पनीले सन् २०२६ को अन्त्यसम्म चीनभर करिब २० हजार फ्ल्यास चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको जनाएको छ। नयाँ प्रविधिको प्रयोगले आगामी दिनमा इलेक्ट्रिक सवारीसाधनको प्रयोगलाई अझ सहज र व्यापक बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
चिनियाँ ईभी निर्माता बीवाइडीले नयाँ प्लेटफर्म ल्याउने तयारी थालेको छ ।...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...