युद्धसँगै चर्चामा बीवाईडी एट्टो ३ ईभी : जेरुसेलममा रकेट आक्रमण हुँदा जोगिए यात्रु

इरान र अमेरिका तथा इजरायल बिचको युद्धको चर्चासँगै बीवाईडी एट्टो ३ ईभीको चर्चा पनि चुलिएको छ । गत मार्च १ का दिन इजरायलको जेरुसेलममा भएको मिसाइल आक्रमणको नजिकै परे पनि सो गाडीको क्याबिन संरचना सुरक्षित रहनुका साथै हाई भोल्टेज ब्याट्री प्रणालीमा आगलागी वा थर्मल रनअवे नदेखिएको तथ्य वाहिरिए पछि यसको सुरक्षा वारेमा व्यापक चासो बढेको छ ।

बिष्फोटको समयमा सो गाडीमा पाँच व्यक्ति सवार भएको लोकल इमर्जेन्सी सर्भिसले पुष्टि गरेको छ । यो अवस्थामा ड्राइभर सामान्य घाइते भएका छन् भने बाँकी चार यात्रुमा सामान्य घाउ वा मानसिक आघात अर्थात सकको असर मात्र देखिएको छ । सार्वजनिक गरिएका तस्बिर अनुसार गाडीको हाजार्ड लाइटले अझै पनि राम्रो कार्य गरिरहेको छ भने यसका लागि ठूलो सकवेभबाट बचाउनका लागि लो भोल्टेज इलेक्ट्रिकल सिस्टमले सहयोग गरेको छ ।

सुरक्षाका दृष्टिले हेर्दा, गाडीको ए, बी र सी पिलर संरचना नढल्नु तथा क्याबिनको अखण्डता कायम रहनु उल्लेखनीय पक्ष मानिएको छ। उच्च–शक्तिको स्टिल फ्रेमयुक्त च्यासिसले विस्फोटको ऊर्जा फैलाएर यात्रु कक्षलाई सुरक्षित राख्न सहयोग गरेको अनुमान गरिएको छ।

त्यस्तै, एट्टो ३ मा प्रयोग गरिएको एलएफपी ब्लेड ब्याट्री प्रविधि पनि सुरक्षित रहेको बताइएको छ। गाडी आंशिक रूपमा खाल्डोमा धस्सिए पनि ब्याट्री प्याकमा आगो नलाग्नु वा धुवाँ ननिस्कनुले ईभी सुरक्षाबारे सकारात्मक सन्देश दिएको छ।

यद्यपि सैन्य विश्लेषकहरूले यसलाई प्रत्यक्ष मिसाइल प्रहार नभई नजिकै भएको विस्फोटको प्रभाव मानेका छन्। प्रत्यक्ष हिट भएको अवस्थामा कुनै पनि नागरिक सवारी जोगिन कठिन हुने उनीहरूको भनाइ छ। तर यस्तो चरम परिस्थितिमा पनि यात्रुहरूको ज्यान जोगिनु र ब्याट्री प्रणाली सुरक्षित रहनुले आधुनिक इलेक्ट्रिक सवारीको संरचनात्मक मजबुतीबारे नयाँ बहस सुरु गराएको छ।

यस घटनापछि सामाजिक सञ्जालमा “सुरक्षा नै वास्तविक लक्जरी” भन्ने सन्देशसहित बीवाईडी एट्टो ३ को चर्चा व्यापक भएको छ। युद्धको त्रासबीच घटेको यो घटनाले ईभी सुरक्षाबारे उपभोक्ता विश्वासलाई थप बल पु¥याएको विश्लेषण गरिएको छ।

बीवाईडी एट्टो ३ ले सुरक्षाका लागि युरो एनक्याप र एएनक्यापबाट फाइभ स्टार रेटिङ पाएको छ । यसका लागि सो गाडीको एडल्ट अकुपेसन प्रोटेक्सनमा ९१ स्कोर पाएको छ । इजरायली बजारमा सन् २०२४ र २०२५ मा एट्टो ३ बेस्ट सेलिङ ईभी बनेको थियो ।

नेपालमा पनि बीवाईडी एट्टो ३ ईभी उपलब्ध छ । नेपालमा साइमेक्स इंकले बीवाईडी एट्टो ३ बिक्री वितरण गरिरहेको छ । नेपाली बजारमा बीवाईडी एट्टो ३ एड्भान्स भेरिएन्ट उपलब्ध छ । यसमा ४९.९ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले ३४० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर

ज्योति ग्रुपले नेपाली बजारमा भित्र्यायो भारतीय ब्रान्ड इलेक्ट्रिक वानको ए सिरिज स्कुटर

काठमाडौं – ज्योति ग्रुप अन्तर्गतको स्यामुकापु ट्रेडिङ प्रालिले ई१ ए...

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

आइमा इलेक्ट्रिक स्कुटरमा २५ हजार सम्म छुट, यस्तो हुनेछ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा आइमा इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

जीडब्लूएमले ल्यायो ट्याङ्क ३०० को विशेष संस्करण, ३०० युनिटमात्रै उत्पादन हुने

ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...