तनहुँको आँबुखैरेनीमा सडक भासियो , मुग्लिन सडक खण्डमा एकतर्फी सवारी सञ्चालन
काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४...
काठमाडौँ–निर्माणधिन नौबिसे–नागढुङ्गा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
सो सडक खण्डअन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्नेमा आयोजनाले अधिकांश काम सम्पन्न गरिसकेको हो ।
आयोजनाका अनुसार अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ । अन्तिम तहको कालोपत्रे सम्पन्न भएपछि सडक सुरक्षासम्बन्धी मापदण्ड तथा रंगरोगनको काम सुरु गरिनेछ ।
खानीखोला क्षेत्रमा निर्माण हुने आकाशे पुलस्थलमा रहेका टहरासम्बन्धी विवादका कारण पनि केही समय निर्माण कार्य ढिलाइ भएको थियो । आकाशे पुल निर्माणलगायत मुख्य कामहरू ३५ दिनभित्र सम्पन्न गर्ने आयोजनाको दाबी छ ।
सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले एउटै विषयमा समाज विभाजित हुँदा निर्माण कार्यमा समस्या हुँदै आएको आयोजनाले जनाएको छ ।
आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई स्थानान्तरण गरिसकिएकाले अब कामले गति लिने विश्वास आयोजनाले लिएको छ । यस सडकलाई सगुन कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ ।
काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष...
म्याग्दी- पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...