एमजी म्याजेस्टर सार्वजनिक, अप्रिलबाट टेस्ट ड्राइभ र मेदेखि डेलिभरी
एमजी मोटर इन्डियाले भारतमा आफ्नो नयाँ ७ सिटर एसयूभी म्याजेस्टर सार्वजनिक...
चिनियाँ अटो निर्माता एमजी युरोप र बेलायतमा १० लाखभन्दा बढी सवारी साधन बिक्री गर्ने पहिलो चिनियाँ कार ब्रान्ड बनेको छ ।
ब्रिटिश अटोमेकर भएपनि एमजीलाई सन् २००५ मा चीनको नानजिङ अटोमोटिभ कर्पोरेशनले खरिद गरेको थियो । त्यसपछि २००७ मा एसएआईसीले नानजिङ अटोमोटिभ कर्पोरेशनलाई अधिग्रहण गरेपछि एमजी हाल सोही कम्पनीअन्तर्गत सञ्चालन हुँदै आएको छ ।
२०२५ मा एमजीले युरोपेली र बेलायती बजारमा ३ लाखभन्दा बढी सवारी साधन बिक्री गरेकोमा बेलायमा मात्रै ८५ हजार युनिट बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढि थियो ।
वर्ष २०२५ मा एमजीले वेलायत र युरोपमा आफ्नो हाइब्रिड प्लस सिरिजका १ लाख ३७ हजार युनिट कार बिक्री गरेको छ भने ४६ हजार प्योर इलेक्ट्रिक कार बिक्री गरेको जनाइएको छ ।
२०२५ को पहिलो अर्ध वार्षिकीमा १ लाख ५३ हजार युनिट कार बिक्री गरेर युरोपमा सबैभन्दा धेरै बिक्री हुने चिनियाँ कार ब्रान्ड बनेको एमजीले पहिलोपटक टेस्लालाई समेत उछिनेको थियो ।
कम्पनीले २०२६ को सुरुवातमा समेत युरोपेली बजारबाट निकै राम्रो प्रतिक्रिया पाउने देखिएको छ । जनवरीमा मात्रै एमजीले युरोपमा २६ हजार युनिट कार डेलिभर गरिसकेको उल्लेख गरिएको छ ।
एमजी मोटर इन्डियाले भारतमा आफ्नो नयाँ ७ सिटर एसयूभी म्याजेस्टर सार्वजनिक...
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
एमजी मोटर्स इन्डियाले आफ्नो आगामी क्रसओभर युटिलिटी गाडी (सीयूभी) विन्डसर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...