मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

काठमाडौं–मिसेस नेपाल वर्ल्ड २०२५ की विजेता रक्षा पन्तलाई तपाइको बजारको प्रायोजनमा एक इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । काठमाडौंको पानीपोखरीस्थित तपाइको बजार शोरुम परिसरमा आयोजित विशेष कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको हो । कार्यक्रमको आयोजना रिबन इन्टरटेनमेन्टले गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ रहेका थिए । त्यसैगरी अतिथिहरूमा वरिष्ठ कलाकार सरोज खनाल, वरिष्ठ कलाकार धिरेन शाक्य तथा वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधि, अटो व्यवसायी तथा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठ, तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौला तथा प्रमुख कार्यकारी अधिकृत माया लामाको संयुक्त उपस्थितिमा विजेता रक्षा पन्तलाई इलेक्ट्रिक स्कुटरको साँचो हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२५ का अन्य विजेताहरूलाई समेत आयोजक संस्थाद्वारा विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तपाइकोबजारका प्रबन्ध निर्देशक सुशील संग्रौलाले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिभालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । ‘हामी व्यवसाय मात्र होइन, समाजसँग जोडिएको संस्था हौँ । प्रतिभाशाली महिलालाई प्रोत्साहन गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो’ उनले भने ।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । सहभागीहरूले विजेताहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेका थिए । इलेक्ट्रिक सवारीको प्रवद्र्धनसँगै महिला सशक्तीकरणलाई जोड्ने उद्देश्यले गरिएको यो पहललाई सकारात्मक रूपमा लिइएको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्टी लुक र २५० किमी प्रतिघन्टाको टप स्पिड भएको हुन्डाईको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

स्पोर्टी लुक र २५० किमी प्रतिघन्टाको टप स्पिड भएको हुन्डाईको नयाँ इलेक्ट्रिक कार सार्वजनिक

हुन्डाईले कोरियामा भएको बुसान मोटर शोमा नयाँ कन्सेप्ट इलेक्ट्रिक कार...

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा एस इलेक्ट्रिकको डेलिभरी शुरु, कहिले आउला नेपाल ?

टाटा मोटर्सले एस इलेक्ट्रिकको भारतमा डेलिभरी शुरु गरेको छ । यो इलेक्ट्रिक...

भविष्यको इन्धन हाइड्रोजन : यस्तो छ तथ्य र भविष्य

भविष्यको इन्धन हाइड्रोजन : यस्तो छ तथ्य र भविष्य

विश्व अटो बजार यतिखेर विद्युतीय सवारीमा होमिएको अवस्था छ। केही वर्ष अघि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...