काठमाडौं–राइनसकोट बुलेट राइड सम्पन्न, ‘दि वल्ड स्कुल मोटरसाइकल’ क्लवका ४० राइडर सहभागी

काठमाडौं–‘दि वल्ड स्कुल मोटरसाकल’ क्लवले काठमाडौंदेखी लमजुङको राइनसकोटसम्म बुलेट राइड सम्पन्न गरेको छ । महाशिवरात्रीको अवसरमा २५ वटा रोयल इनफिल्ड मोटरसाइकलमा सवार ४० जना राइडरले उक्त राइड सम्पन्न गरेका हुन् । राइडका क्रममा उनीहरुले ३८० किलोमिटर यात्रा तय गरेका छन् ।

राइडरहरुले रइनसकोट महादेवको दर्शन गरी लालीगुराँस प्रथामिकता विध्यालयमा रहेका ३५ जना बालबालिकाहरुलाई न्यानो ज्याकेट, स्कुल जुत्ता, टोपी, बर्ष भरी पुग्ने कलम, कापी, ज्यामिती बक्स लगायतका पुस्तकालय सामाग्री हस्तान्तरण गरेका थिए ।

उक्त राइडको नेतृत्व क्याप्टेन अंकुर आर्यले गरेका थिए भने सहयोग वितरण कार्यको व्यवस्थापकिय जिम्मेवारी अमित गुरुङले लिएका थिए । राइडलाई सफल बनाउन बाइकको मर्मत सम्भार र आपतकालीन सहयोगको जिम्मेवारी नुरहुदा आलमले लिएका थिए । उनीहरु तिनैजना ‘दि वल्ड स्कुल मोटरसाइकल’का संचालक समेत हुन् ।

राइडको समापन गर्दै क्याप्टेन अँकुरले यस्ता खालका राइडहरु ‘दि वल्ड स्कुल मोटरसाइकल’ क्लवद्वारा निरन्तर संचालन गर्ने गर्ने र समाजमा आफ्नो तर्फबाट गर्न सकिने सहयोग तथा निभाउनु पर्ने भुमिका/जिम्मेवारी निर्बाह गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

‘दि वल्ड स्कुल मोटरसाइकल’ नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको सर्भिसिङमा आबद्ध एक उदयीमान कम्पनी हो । एक वर्ष अघिमात्रै संचालनमा आएको यस सर्भिस सेन्टरले गुणस्तरिय सेवा प्रदान गर्नुको साथै हरेक ६ महिनामा बुलेट बाइक राइड गर्ने लक्ष्य लिएको छ ।

राइडको उद्देश्य बुलेट राइड मात्र नभएर राइड गरेको स्थानहरुमा समाजिक कार्य समेत गर्ने तथा त्यहाँको पर्यटन प्रवद्र्धन गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुसमेत रहेको संचालक अँकुरले बताए ।

सम्बन्धित समाचारहरू

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

हिमाचल प्रदेशको प्रतिष्ठित -याली अफ चाम्बा विजेता बने नेपाली राइडर दीपक

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...

२ मिनेटमै सोल्ड आउट भयो रोयल इन्फिल्डको ६५० लिमिटेड एडिसन ट्विन्स

२ मिनेटमै सोल्ड आउट भयो रोयल इन्फिल्डको ६५० लिमिटेड एडिसन ट्विन्स

रोयल इन्फिल्डले आफ्नो १२० औँ बार्षिकोत्सवको अबसर पारेर उत्पादन गरेको...

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर गरिने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड नेपालमा समेत हुँदै

विश्वभर सम्पन्न हुने द डिस्टिङग्विस्ड जेन्टलम्यान राइड आगामी मे २० अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...