सकियो रेसिङ च्याम्पियनसिपको अर्को राउन्ड, यी हुन् विजेता
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।...
काठमाडौं । नेपाली मोटोभ्लगर तथा राइडर सुरक्षा केसी इन्स्टाग्रामको लिस्टमा फिचर्ड हुनुका साथै फलोइङ लिस्टमा समेत सामले भएकी छिन् । ६ लाख २ हजार भन्दा बढी फलोअर्स रहेको सुरक्षाको एकाउन्टलाई इन्स्टाग्रामले फलो समेत गरेको हो ।
युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो । इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको उक्त रिल्स पोस्ट गरेको छ । ‘इन द मोमेन्ट’ क्याप्सन लेख्दै इन्स्टाग्रामले भिडियो पोस्ट गरेको छ, जहाँ सुरक्षाले कुर्ता सुरुवालको गेटअपबाट राइडरको गेटअपमा चेन्च भएर राइड गरेको ट्रान्जिसन भिडिओ बनाएकी छिन् ।
हाल इन्स्टाग्रामको एकाउन्टमा ६९ करोड ९० लाख बढी फलोअर छन् । तर इन्स्टाग्रामले २०१ एकाउन्टलाई मात्र फलो गरेको छ । उक्त फलोइङ लिस्टमा सुरक्षा केसीको ‘imsurakshyakc’ एकाउन्ट पनि देख्न सकिन्छ ।
सुरक्षा केसी विशेष गरी मोटरसाइकलमा सवार भएर विभिन्न स्थान घुम्ने गर्छिन् । उनले यस्ता विभिन्न भिडियो र तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छिन् । उनी विभिन्न राइड सम्बन्धी प्रतियोगितामा समेत सहभागी हुने गरेकी छिन् । पछिल्लो करिव एक वर्ष पहिले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित रेसनारी २०२५ को राउन्ड १ मा उनी फर्स्ट रनर अप भएकी थिइन् ।
नेपालकै नम्बर वान मोटो भ्लगरको पहिचान कायम गरेकी सुरक्षाले अन्य राइडर र सामान्य व्यक्तिका लागि समेत विभिन्न स्थानमा पुगेको भ्लगमार्फत महत्वपूर्ण जानकारी प्रदान गरिरहेकी छिन् ।
काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिपको राउन्ड २ सम्पन्न भएको छ ।...
काठमाडौं – महिला मोटरसाइकल रेसरहरुको प्रतियोगिता रेसनारी २०२५ को राउन्ड १...
काठमाडौं – यामाहा रेसिङको मुख्य प्रायोजनमा संचालन भइरहेको नेपाल रोड रेसिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...