कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सर्वाेच्चको परमादेश

काठमाडौं–सर्वाेच्च अदालतले कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सरकार तथा नेपाल राष्ट्र बैंकलाई परमादेश दिएको छ ।

विद्युतीय सवारी साधन (ईभी)लाई प्रवद्र्धन र पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई निरुत्साहन गर्ने गरी कर्जा, कर र भन्सार नीतिमा स्पष्ट र सार्थक अन्तर कायम गर्न सर्बोच्च अदालतले आदेश दिएको हो ।

अदालतले संविधानको धारा १६ ले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र धारा ३० ले प्रत्याभूत गरेको स्वच्छ तथा स्वस्थ वातावरणको हकलाई केन्द्रमा राख्दै राज्यका आर्थिक उपकरणहरू कर, भन्सार र कर्जालाई वातावरणीय दायित्वसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशमणि शर्मा एकेडेमी फर पब्लिक इन्ट्रेस्ट लका तर्फबाट वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता दिलराज खनाल, सञ्जय अधिकारी र रूपा बस्नेतले दायर गरेको रिटमा निवेदकहरूले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको निर्णयले ईभी प्रयोग निरुत्साहित गरेको दाबी गरेका थिए ।

समीक्षामार्फत ईभीमा कर्जा सीमा घटाइँदा पेट्रोल तथा डिजेल सवारीमा भने ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत बनाइएकाले उपभोक्ता इन्धन सवारी खरिदतर्फ बाध्य हुने, वायु प्रदूषण बढ्ने र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उनीहरूको जिकीर थियो। यसै आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र वन तथा वातावरण मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।

कर, भन्सार वा कर्जा नीति केवल आर्थिक लक्ष्यका लागि मात्र सीमित हुनु नहुने, ती नीति प्रदूषण न्यूनीकरण, ऊर्जा रुपान्तरण र दिगो विकासजस्ता संवैधानिक दायित्वसँग प्रत्यक्ष रुपमा जोडिएर लागू हुनुपर्ने अदालतको ठहर छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अल–इलेक्ट्रिक ओमोडा ई५ डिलक्स एसयूभी

यस्तो छ एनपीएलको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने अल–इलेक्ट्रिक ओमोडा ई५ डिलक्स एसयूभी

काठमाडौँ – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी...

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

फेस्टिभल सिजनमा आइएमईले बेच्यो १०० भन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर

काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले यो वर्षको...

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...