११ लाख भारुमै लन्च भयो सुजुकी ई–भिटारा, नेपालमा छिट्टै बिक्री थालिने

मारुती सुजुकीले इलेक्ट्रिक एसयूभी ई-भिटारा आधिकारिक रूपमा लन्च गरेको छ । सुरुवाती मूल्य १० लाख ९९ हजार भारु निर्धारण गरेर सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी लन्च गरेको हो । यो मूल्य ब्याट्री–एज–अ–सर्भिस मोडलका लागि तय गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले ई–भिटारामा २ प्रकारका ब्याट्री प्याक उपलब्ध गराएको छ, जसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवर क्षमताका विकल्प छन्। यी ब्याट्रीले फुल चार्जमा ५४३ किलोमिटरभन्दा बढी रेन्ज तय गर्न सक्ने दाबी गरिएको छ। यसमा जडान गरिएको मोटरले अधिकतम १२८ किलोवाट पावर र १९३ एनएमको टर्क उत्पादन गर्छ।

सुविधाका हिसाबले यसमा प्यानोरामिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, एलईडी हेडलाइट र टेललाइट, एम्बियन्ट लाइटिङ तथा ड्युल टोन इन्टेरियर जस्ता फिचर समावेश गरिएको छ । साथै यसमा ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, अटो होल्ड सुविधा सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक तथा लेभल २ एडास जस्ता सेफ्टी फिचर उपलब्ध गराइएको छ।

कम्पनीले हाल सो एसयूभी बासको साथमा मात्र लन्च गरेको छ। यसको प्रारम्भिक मूल्य १० लाख ९९ हजार भारु तोकिएको छ भने त्यसपछि प्रति किलोमिटर ३ रुपैयाँ ९९ पैसा अतिरिक्त शुल्क लाग्नेछ। यो मूल्य आगामी मार्च ३१ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ। साथै ३ वर्षपछि गाडीको ६० प्रतिशतसम्म बाईब्याक सुविधा पनि प्रदान गरिनेछ।

मारुती ई–भिटाराले बजारमा हुन्डाई क्रेटा इलेक्ट्रिक, एमजी विन्डसर, टाटा कर्भ ईभी, महिन्द्रा बीई ६ तथा टाटा ह्यारियर ईभी जस्ता इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

ई–भिटारा नेपाली बजारमा यसअघि नै सार्बजनिक भइसकेको विद्युतीय कार हो । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पले गत नाडा अटो शोमार्फत सार्बजनिक गरेको यस कारको बिक्री भारतमा औपचारिक लन्च नभका कारण रोकिएको थियो । भारतमा मूल्य घोषणासहित औपचारिक लन्च भएकाले अवको केहि समयमै नेपालमा समेत यसको बिक्री प्रारम्भ हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै

अब भारतमै सवारी साधनको क्र्यास टेस्ट गर्न सकिने, आज शुभारम्भ हुँदै

भारतमा आज देखि आफ्नै नयाँ कार एसेस्मेन्ट प्रोग्राम लागू हुँदैछ । क्र्यास...

नेपालमा इलेक्ट्रिक कार चार्जर : ७ महिनामा सबैभन्दा धेरै भारतबाट र दोस्रोमा चीनबाट भित्रिए

नेपालमा इलेक्ट्रिक कार चार्जर : ७ महिनामा सबैभन्दा धेरै भारतबाट र दोस्रोमा चीनबाट भित्रिए

काठमाडौं – नेपाली बजारमा चालु आर्थिक वर्षको सात महिनामा सबैभन्दा धेरै...

ईभीमा स्विच हुन नयाँ अफर : आज देखि पुरानो कुनै पनि गाडीसँग नेटा भी साट्न सकिने

ईभीमा स्विच हुन नयाँ अफर : आज देखि पुरानो कुनै पनि गाडीसँग नेटा भी साट्न सकिने

काठमाडौं – सीजी मोटर्सले आज देखि नेटा भी एक्सचेन्ज क्याम्पेन प्रारम्भ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...