विद्युतीय गाडी प्रयोगलाई व्यापक बनाउनु पूर्व ध्यान दिनु पर्ने प्राविधिक पक्ष – एक तर्क
आज विश्व वातावरण दिवस । सो अवसरमा विद्युतीय सवारीको विषयमा चर्चा गर्नु...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा लोकप्रिय ईभी बीवाईडी एट्टो २ का साथै सिलायन ७ को मूल्य वृद्धि गरेको छ ।
पहिले बीवाईडी एट्टो २ को मूल्य ४३ लाख ९९ हजार रहेकोमा अब यसको मूल्य ४५ लाख रुपैयाँ पुगेको छ । यो गाडीको मूल्यमा करिव २ लाख रुपैयाँ बढेको हो ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।
५१.१३ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।
सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल–२ एडास दिइएको छ । यस कारले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।
बीवाइडीले यसमा ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट जस्ता आधुनिक फिचर दिएको छ ।
त्यसैगरी बीवाईडी सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेकोमा अब यसको मूल्य ७८ लाख रुपैयाँ पुगेको छ । यसको मूल्य करिव ३ लाख रुपैयाँ बढेको हो ।
बीवाईडी एट्टो २ गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको थियो । त्यतिबेलै यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
बीवाईडी सिलायन ७ भने नाडा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरिएको थियो । यद्यपि यसको औपचारिक बिक्री भने साइमेक्स इंकले २०८२ साउनको पहिलो साता देखि मात्र प्रारम्भ गरेको थियो । त्यतिबेलै ७४ लाख ९९ हजार मूल्य तोके पनि यसलाई अर्ली बर्ड अफरको रुपमा ७२ लाख ९९ हजारमै बिक्री गरेको थियो ।
बीवाइडी सिलायन ७ मा ७१.८ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर सम्म रेन्ज दिने कम्पनीले वेबसाइटमै उल्लेख गरेको छ । यसको टप स्पिड २१५ किलोमिटर छ । ३८० एनएम टर्क जेनेरेट गर्ने क्षमता भएको यो गाडीमा ५ व्यक्ति आरामदायी तरिकाले बस्न सकिन्छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा निर्मित बीवाईडी सिलायन ७ मा बीवाईडी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), सीटीबी (सेल–टु–बडी) टेक्नोलोजी, अल्ट्रा–सेफ प्याटेन्टेड ब्लेड ब्याट्री टेक्नोलोजी, डबल विसबोन प्लस मल्टी–लिंक, ३६० डिग्री प्यानोरामिक भ्यु सहितको स्मार्ट एडास र भेइकल टु लोड अर्थात भी२एल लगायतका फिचर छन् ।
सेफ्टीका लागि यसमा ११ एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर जस्ता सुविधा उपलब्ध गराइएको छ। यसमा एडास सिस्टम पनि प्रदान गरिएको छ, जसमा रियर कोलिजन वार्निङ र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छ ।
आज विश्व वातावरण दिवस । सो अवसरमा विद्युतीय सवारीको विषयमा चर्चा गर्नु...
विश्व प्रसिद्ध चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले...
काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...