ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा, नर्वे पहिलो बन्दा अन्य देशको अवस्था के ?

काठमाडौं–नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोगका हिसावले विश्वकै दोस्रो स्थानमा सुचिकृत भएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको तथ्यांकअनुसार नेपाल ईभी खपतमा विश्वकै दोस्रो स्थानमा देखिएको हो ।

तथ्यांकअनुसार नर्वे पहिलो स्थानमा देखिएको छ । सन् २०२५ मा नर्वेमा ९७ प्रतिशत ईभी बिक्री भई नर्वे पहिलो स्थानमा सुचिकृत भएको हो । दोस्रो स्थानमा रहेको नेपालमा ईभी बिक्री हिस्सा ७३ प्रतिशत पुगेको उक्त तथ्यांकले देखाएको छ ।

नयाँ भित्रिने सवारीसाधनमध्ये ठूलो हिस्सा विद्युतीय सवारीले ओगट्न थालेपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमै दोस्रो स्थानमा पुगेको हो । नेपालमा बिक्री भएका कुल नयाँ कारमध्ये ईभीको हिस्सा ७३ प्रतिशत छ । अर्थात्, नेपालमा १०० वटा नयाँ कार बिक्री हुँदा ७३ वटा ईभी बिक्री भएका हुन् ।

त्यसैगरी ईभी प्रयोग बढ्नेमा तेस्रो स्थानमा डेनमार्क रहेको छ । डेनमार्कमा सन् २०२५ मा ईभीको हिस्सा ६९ प्रतिशत रहेको छ । चौथो स्थानमा सुचिर्कत स्वीडेनमा ६१ प्रतिशत र ५७ प्रतिशत हिस्सासहित आइसल्यान्ड पाँचौ स्थानमा देखिएको छ । त्यसैगरी फिनल्यान्डमा ५६ प्रतिशत, नेदरल्याण्डमा ५६ प्रतिशत, बेल्जियममा ४३ प्रतिशत, पोर्चुगलमा ३७ प्रतिशत र आयरल्याण्डमा ३४ प्रतिशत हिस्सा ईभीले लिएको छ ।

विश्वकै ठूला अटो बजारमध्येका अमेरिका, जापान, भारत, ब्राजिललगायत देश भने सूचीको निकै तल छन् । अमेरिकामा नयाँ कार बिक्रीमा ईभीको हिस्सा १० प्रतिशत मात्रै रहेको छ । साउथ अफ्रिकामा ईभीको हिस्सा १ प्रतिशत मात्र रहेको छ । जापानमा ३ प्रतिशत, मेलेसियामा ४ प्रतिशत, भारतमा ४ प्रतिशत, रोमनिया र क्रोसियामा ५ प्रतिशत, मेक्सिकोमा ६ प्रतिशत ईभीको हिस्सा रहेको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार सबैभन्दा कम ईभी प्रयोग गर्नेमा साउथ अफ्रिका, जापान, मेलेसिया, भारत, रोमनिया, क्रोसिया, मेक्सिको लगायत छन् ।

सम्बन्धित समाचारहरू

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर...

विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक मापदण्ड तथा कार्यविधि बन्ने निर्देशक पौडेलको भनाइ

विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक मापदण्ड तथा कार्यविधि बन्ने निर्देशक पौडेलको भनाइ

काठमाडौं – यातायात व्यवस्था विभागले प्रत्येक प्रदेशमा १ केन्द्र रहने गरी...

इलेक्ट्रिक सवारी किन्न बैंकहरु दिदै छन् थोरै ब्याजदरमा अटो लोन

इलेक्ट्रिक सवारी किन्न बैंकहरु दिदै छन् थोरै ब्याजदरमा अटो लोन

काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक तथा स्कुटर र कारहरुको आयात बढ्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...