भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल, एट्टो १ मा २ लाख छुट र अन्य अफर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले भोलि फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे अवसरमा एक्सक्लुसिभ फ्ल्यास सेल अफर ल्याएको छ ।

यस अन्तर्गत साइमेक्स इंकले बीवाईडी एट्टो १ गाडीमा एकै पटक २ लाख रुपैयाँ मूल्य कम गरेको छ । बीवाईडी एट्टो १ को स्प्राउट ग्रिन कलर एडिसनको डाइनामिक भेरिएन्टको मूल्य २८ लाख ९५ हजार र प्रिमियम भेरिएन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ भएकोमा दुवै भेरिएन्टको मूल्यमा २ लाख रुपैयाँ कमी गरिएको छ । यस अनुसार यी दुई भेरिएन्टको मूल्य क्रमशः २६ लाख ९५ हजार र ३० लाख ९९ हजार रुपैयाँ हुनेछ ।

यी वाहेक कुनै पनि पुरानो गाडीसँग साट्ने वा नयाँ गाडी किन्ने ग्राहकका लागि नगद छुट, फ्रि एसेसरिज, फ्रि ट्राभल चार्जर, १ वर्षको फ्रि अटो प्लस इन्स्योरेन्स, १ वर्षको फ्रि रोड ट्याक्सका साथै १० वर्ष वा २ लाख किलोमिटर सम्मको एक्सटेन्डेड वारेन्टी उपलब्ध हुनेछ ।

फेब्रुअरी १४ मा हुने भ्यालेन्टाइन डेका दिन मात्र सो अफर उपलब्ध हुने समेत कम्पनीको भनाइ छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

पालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । 

सम्बन्धित समाचारहरू

लुयानको एक्सचेन्ज अफर सुरु, पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकन पाइने

लुयानको एक्सचेन्ज अफर सुरु, पुरानो बाइकमा १५ हजार अतिरिक्त मूल्यांकन पाइने

काठमाडौं– लुयान स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो इमिसन राइड एनले...

अब डिजिटल वालेटबाटै गाडी भाडा तिर्न सकिने व्यवस्था हुने

अब डिजिटल वालेटबाटै गाडी भाडा तिर्न सकिने व्यवस्था हुने

काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेश भित्रका यातायातको शुल्क...

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...