बेनी–जोमसोम–कोरला योजना: आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
म्याग्दी – आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी...
काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारी साधन हस्तान्तरण गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले उक्त सवारी साधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत यो तेस्रो लट हो। उनका अनुसार पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा र तेस्रो लटमा २२३ वटा गाडी हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएका सवारी साधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि रहेका छन्।
भारत सरकारले यी सवारी साधन अनुदान स्वरूप उपलब्ध गराएको हो। साथै, निर्वाचन सुरक्षासम्बन्धी प्रहरीका केही सामाग्रीहरू आइसकेका छन् भने बाँकी सामग्री आउने क्रम जारी रहेको सहसचिव काफ्लेले जानकारी दिए।
उक्त सवारी साधनहरू मूलतः सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित निकायहरूलाई क्रमशः हस्तान्तरण गरिने जनाइएको छ ।
म्याग्दी – आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी...
काठमाडौं – बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी खण्डमा राति...
विश्वका प्रहरीहरुले प्रयोग गर्ने सवारी साधनले विश्वव्यापी ध्यान तान्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...