जीहो ईभी केयर क्याम्पमा उत्साहजनक सहभागिता

काठमाडौं – नेपालका लागि सीएफमोटो र जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले हिजो देखि सुरु गरेको ‘जीहो ईभी केयर क्याम्प’ नामक फ्रि इलेक्ट्रिक स्कुटर चेकअप कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ ।

यस अन्तर्गत इलेक्ट्रिक स्कुटरको ब्याट्री हेल्थ र चार्जिङ सिस्टम चेक, सफ्टवेयर एन्ड पर्फमेन्स स्क्यान, मोटर एन्ड कन्ट्रोलर इन्स्पेक्सन, ब्रेक एन्ड सस्पेन्सन चेक तथा टायर, लाइट एन्ड इलेक्ट्रिकल डायग्नोस्टिक्स गरिएको छ ।

सो क्याम्प आगामी माघ २९ सम्म हुनेछ । सो अवसरमा रनिङ पार्ट्समा २० प्रतिशत र अन कभर आइटम एन्ड एसेसरिजमा ३५ प्रतिशत सम्म छुट जस्ता आकर्षण समेत रहने छन् ।

जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर सो अवसरमा चेकअप गर्न सकिने ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीले बताए । आफ्ना स्कुटरको राम्रो सर्भिसिङ वाहेक अन्य आकर्षक अफरको समेत फाइदा लिन उनले अनुरोध गरे । उनले भने - क्याम्पमा प्रयोगकर्ताहरूको अपेक्षा भन्दा बढी सहभागिता देखिएको छ। दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा जीहोले सुरु गरेको यस पहलले ग्राहकहरूमा अझ बढी विश्वास र आत्मविश्वास बढाएको प्रष्ट देखिन्छ।

अहिलेको युग विद्युतीय सवारीसाधनको युग भएकाले कम्पनीले बिक्रीपछिको सेवामा निरन्तरता दिने प्रतिबद्धता समेत स्पष्ट पारेको छ। उन्नत प्रविधि, लामो ब्याट्री लाइफ साइकल र उच्च मोटर क्षमतासहित प्रस्तुत जीहोका ईभी स्कुटरहरू क्रमशः ग्राहकहरूको पहिलो रोजाइ बन्दै गएको देखिन्छ।

नेपाली बजारमा जीहो एई ६, एई ४ र एई ८ इलेक्ट्रिक स्कुटर पहिले देखि नै बिक्रीका लागि उपलब्ध छन् । यी स्कुटरमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरु उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कारसंगै भ्यानको पनि चर्चा बढ्दो, यी हुन् नेपाल आएका ६ ब्राण्ड

इलेक्ट्रिक कारसंगै भ्यानको पनि चर्चा बढ्दो, यी हुन् नेपाल आएका ६ ब्राण्ड

काठमाडौं– नेपाली अटो बजार ईभीमय बन्दै गएको छ । प्यासेन्जर कार र सार्बजनिक...

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

मिसेस नेपाल वर्ल्ड २०२४ कि विजेता कार्कीले पाइन लुयानको इलेक्ट्रिक स्कुटर

काठमाडौं– हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड२०२४ कि विजेता डा. डेनिला...

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ

टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...