टाटा पन्च ईभीको फेसलिफ्ट भर्सन सार्बजनिक, यस्तो छ विशेषता

टाटाले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण सार्बजनिक गरेको छ । लन्च भएको दुई वर्ष नपुग्दै कम्पनीले पेट्रोल पन्च फेसलिफ्टसँग मेल खाने गरी इलेक्ट्रिक भर्सनलाई पनि अपडेट गरेको हो ।

नयाँ पन्च ईभीको डिजाइन हालै सार्वजनिक गरिएको पेट्रोल पन्च फेसलिफ्टसँग मिल्दोजुल्दो रहेको छ । अगाडिको भागमा पुनः डिजाइन गरिएका एलईडी डीआरएलसहितका हेडलाइट र नयाँ बम्पर दिएको छ । साइड प्रोफाइलमा नयाँ एरो अप्टिमाइज्ड अलोय ह्विल राखिको छ भने पछाडिको भागमा नयाँ एलईडी लाइट बार र परिमार्जित बम्पर देख्न सकिन्छ।

नयाँ पन्च ईभीमा नेक्सन ईभीमा जस्तै ठूलो १२.३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध गराइएको छ । यसका साथै ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङ, डिजिटल ड्राइभर डिस्प्ले र सनरुफजस्ता आधुनिक सुविधाहरू पनि समावेश गरिएको छ ।

ब्याट्री र पावरट्रेनतर्फ भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिले झैं दुईवटा ब्याट्री विकल्प उपलब्ध गराइएको छ । सानो २५ किलोवाट आवरको ब्याट्री प्याकले सिंगलचार्जमा २६५ किलोमिटरको रेन्ज दिनेछ भने ठूलो ३५ किलोवाट आवरको ब्याट्री प्याकले ३६५ किलोमिटर हाराहारी रेन्ज प्रदान गर्नेछ ।

फेब्रुअरी २०, २०२६ मा औपचारिक रूपमा लन्च गरिने यसको मूल्य हालको मोडलभन्दा करिब २० देखि ३० हजार भारुसम्म बढी हुन सक्ने अनुमान गरिएको छ । फेसलिफ्ट संस्करणले भारतमा सिट्रोन ईसी३ र एमजी विन्डसर जस्ता इलेक्ट्रिक कारसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

नाडा ईभी एक्सपो २०२२ का लागि खुल्यो स्टल बुकिङ

काठमाडौं – आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप...

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ई–सेवा महा–उत्सवको विजेता रवि बम्जनलाई नामी कार हस्तान्तरण

ललितपुर – ई–सेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा...

ओमोडा एन्ड जेइकोको एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डगको नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोको एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डगको नाम सार्वजनिक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन वाई पार्टनर’ ओमोडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...