सुरु भयो दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु ईभी कार्निभल’
काठमाडौं – नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो ईभीमा विशेष अफर सार्वजनिक गरेको छ।
‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरूले टियागो ईभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि २७ लाख ४९ हजार रुपैयाँ बजार मूल्य रहेको टियागो ईभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। यो सबै नयाँ टियागो ईभीमा लागु हुनेछ।
नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ। विशेष गरी सहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो ईभी युवा पुस्ता र नयाँ जोडीहरू माझ लोकप्रिय बन्दै गएको कम्पनीको भनाइ छ ।
टाटा टियागो ईभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो। सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ।
इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सक्नेछन्।
काठमाडौं – नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता...
काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
पोखरा – एमएडब्लु वृद्धिले पोखरामा आयोजना गरेको एक्सचेन्ज एन्ड टेस्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...