यामाहाको पहिलो इलेक्ट्रिक स्कुटर भारतमा लन्च, यस्तो छ मूल्य र रेन्ज

यामाहाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईसी–०६ लाई भारतमा लन्च गरेको छ । १ लाख ६८ हजार भारु मूल्य निर्धारण गरिएको सो नयाँ स्कुटरलाई यामाहाले रिभर इन्डिसंग मिलेर तयार पारेको हो । स्कुटर सुरुमा भारतका चार शहर पुणे, मुम्बई, चेन्नई र बैंगलोरमा मात्र उपलब्ध हुनेछ ।

आयताकार हेडल्याम्प, फ्ल्याट फुटबोर्ड र सिंगल पीस सिट लेआउटमा तयार पारिएको सो नयाँ सकुटरमा कलर एलसिडी डिस्प्ले, रिभर्स असिस्ट र तीनवटा राइडिङ मोड प्रदान गरिएको छ । यसमा २४.५ लिटर क्षमताको अन्ड सिट स्टोरेज दिइएको छ ।

४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको यस स्कुटरले सिंगल चार्जमा १६९ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, यसको अधिकतम पागवर आउटपुट ६.७ किलोवाट तथा टर्क २६ एनएम छ । स्कुटरलाई ७९ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

यामाहाले यस स्कुटरमा ३ वर्ष अर्थात ३० हजार किलोमिटरसम्म ब्याट्री वारेन्टी प्रदान गर्ने जनाएको छ । ईसी–०६ भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यामाहाले पनि इलेक्ट्रिक स्कुटर ल्याउने, परिक्षणको क्रममा देखियो पहिलो इलेक्ट्रिक स्कुटर ई०१

यामाहाले पनि इलेक्ट्रिक स्कुटर ल्याउने, परिक्षणको क्रममा देखियो पहिलो इलेक्ट्रिक स्कुटर ई०१

यामाहाको बहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर ई०१ को तस्बिर पहिलोपटक बाहिर...

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

यामाहा मोटरसाइकलमा ५ हजार र स्कुटरमा ८ हजारसम्मले मूल्य वृद्धि

काठमाडौं – यामाहा बाइक तथा स्कुटरको आधिकारिक बितरक एमएडब्लु...

यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले ल्याउँदै छ आर सिरिजको नयाँ मोटरसाइकल, आर७ हुने सम्भावना

यामाहाले हालै इन्जिन नोट सहितको एउटा सानो भिडियो सार्वजनिक गरेको छ, जसले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...