यामाहाले उत्कृष्ट डिजाइन र एड्भान्स फिचरले सुसज्जित एमटी ०९ एसपी बाइक जुनमा लन्च गर्दै
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...
काठमाडौं– एमएडब्लू राइड्स प्रालिअन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपालले यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सम्पन्न गरेको छ ।
केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई तीव्र बनाउँदै लगेको जनाइएको छ । यस प्रतिस्पर्धाको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुने कम्पनीको भनाई छ ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ किमी प्रति लिटर माइलेज दिने एआरएआईले दाबी गरेपनि, माइलेज लिगले वास्तविक सडकमा यसको प्रदर्शन अझै उत्कृष्ट हुन सक्ने प्रमाणित गरेको छ ।
कम्पनीका अनुसार, अहिलेसम्म एक सहभागीले ८७.२० किमी प्रति लिटरको उत्कृष्ट माइलेज हासिल गरेका छन्, भने अन्य सहभागीहरू पनि विजेता माइलेजको निकै नजिक पुगेका छन् । यसले वास्तविक राइडिङ अवस्थामै पनि कम्पनीले दाबी गरेको आँकडालाई आधिकारिक रूपमै पार गरेको देखाएको छ ।

यो उपलब्धि केवल कन्ट्रोल गरिएको ट्र्याकमा मात्र सीमित नभएर यामाहा रेजेडआर हाइब्रिडलाई नेपालको विविधतायुक्त भौगोलिक अवस्थाहरूमा कडा परीक्षण गरिएको छ । तराईका समथर सडकदेखि पहाडी उकालो मोडहरूसम्म, हाइवेको पिचदेखि अप्ठ्यारो अफ–रोड ट्रेलसम्म, हरेक अवस्थामा यसको माइलेज उत्कृष्ट रहेको बताइएको छ ।
विगतका वर्षहरूमा नेपालका ७० भन्दा बढी स्थानमा माइलेज च्यालेन्ज सञ्चालन गरिसकेको अनुभवका साथ यामाहाले इन्धन दक्षतालाई दर्शकहरूले प्रत्यक्ष हेर्न सक्ने प्रतिस्पर्धामा रूपान्तरण गरेको छ, जहाँ ग्राहकहरूले केवल माइलेजको दाबी सुन्ने मात्र होइन, नतिजा आफ्नै आँखाले हेर्न पाएका छन् ।
सातै प्रदेशलाई समेट्ने गरी सञ्चालन भइरहेको यो लिगले नेपालका प्रमुख शहरहरूमा सफलता हासिल गरिसकेको छ, र अन्तिम चरणका च्यालेन्ज लागि अझै केही शहरहरू बाँकी रहेका छन् ।
यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालका अनुसार माइलेज लिग केवल प्रतियोगिता मात्र नभएर नेपाली राइडरहरूप्रति कम्पनीको प्रतिबद्धताको उत्सव पनि हो । ‘हामी ल्याबका नतिजाहरूलाई नेपालका वास्तविक सडकमा प्रमाणित गर्दैछौं । हाम्रो चाहना भनेको हरेक रेजेडआर हाइब्रिड राइडरले देशकै सबैभन्दा दक्ष स्कुटर चलाएको गर्व महसुस गर्न सकून् भन्ने हो’ उनले भने ।
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमटी ०९ एसपी प्रदर्शन गरेको...
फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...
यामाहाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ल्याउने योजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...